
काठमाडौँ २८ वैशाख । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आज सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी वर्षाका कारण कृषि उत्पादकत्वमा वृद्धि, विद्युत आपूर्तिमा वृद्धि र भूकम्पपछिको पुनःनिर्माणमा लगानी वृद्धि भएका कारण २३ वर्षयताकै आर्थिक वृद्धिदर बढ्ने भएको हो ।
विश्व वैंकको प्रतिवेदनअनुसार सन् १९९४ पछि सन् २०१७ मा नेपालमा ७.५ प्रतिशतले आर्थिक वृद्धि हुने भएको हो । सन् २०१५ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०१६ मा १४ वर्षयताकै न्यून शून्य दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।
विश्व बैंकले गतवर्ष नेपालमा भारतको आर्थिक नाकाबन्दीका कारण आर्थिक वृद्धिमा ठूलो असर पुगेको जनाएको छ । नेपालमा यस वर्ष धान उत्पादन ५.२ मिलियन मेट्रिक टन बराबर पुग्ने आँकलन गरिएको छ । गत वर्ष भने धान उत्पादन ४.२ मिलियन मेट्रिक टन मात्र भएको थियो । यातायात तथा नाकाबन्दीपूर्वको अवस्थामा फर्कनाका साथै पर्यटन क्षेत्रमा पनि व्यापक सुधार आएर पनि निर्यातको अवस्थामा उल्लेखनीय सुधार आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक