काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बुद्ध जयन्तीका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय संरचनामा आधारित समावेशी, समानुपातिक एवम् लोकतान्त्रिक समाज तथा द्रूत र आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवम् समृद्धितर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी एवम् अनुकरणीय रहेका बताउनुभएको छ ।
सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “बुद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अङ्गीकार गर्न सकेमा मात्र पनि हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व प्रर्वद्धन हुने निर्विवाद छ ।”
राष्ट्रपति भण्डारीले नेपालको पवित्रस्थल लुम्बिनीमा जन्मनु भएका नेपालमाताका सुपुत्र गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धजयन्ती मनाइरहँदा सद्भाव, मेलमिलाप र सहअस्तित्व एवम् अहिसांवादी सिद्धान्तको पालना गर्न सवैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।
यसैगरी राष्ट्रपति भण्डारीले किराँत धर्मावलम्बीहरुको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गर्नुभएको छ ।
उभौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताका बिचमा अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किराँतहरुको उभौली पर्वले नेपालीहरुवीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने आशा लिएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक संविधानको माध्यमवाट आर्थिक र सामाजिक रुपान्तरण गरी दिगो शान्ति कायम गर्ने दिशामा अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्भाव कायमगरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
उपराष्ट्रपतिको शुभकामना सन्देश
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनार्थ सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
२५६१ औँ बुद्ध जयन्ती तथा किराँत जातिको उभौली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले मुखैमा आएको निर्वाचनलाई सम्बन्धित सबै पक्षबाट उत्साहका साथ सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो ।
शान्ति अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान् गौतम बुद्धले देखाउनु भएको सद्मार्गमा सबैको लागि अनुकरणीय र वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनहरुको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताउनुभएको छ । बुद्धको उपदेशलाई आत्मसाथ गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन जानेछ भन्ने शुभकामना सन्देशमा उल्लेख छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार