
मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार अष्ट कवे र उपमेयर अन्जना मढीकर्मी सानोठिमीको मगरगाउँमा शनिबार घरदैलो अभियानमा भोट माग्दै । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
काठमाडौँ, २३ वैशाख । पहिलो चरणमा निर्वाचन हुने मुलुकका २८३ स्थानीय तहमा निर्वाचनको प्रचारप्रसार शान्तिपूर्ण र निकै उत्साहपूर्ण ढङ्गबाट सुरु भएको छ ।
निर्वाचन आयोगबाट शुक्रबार चुनाव चिह्न प्राप्त गरेपछि मतदातालाई आफ्नो पकडमा पार्न प्रचारप्रसारका सामग्रीसहित आमसभाका अतिरिक्त उम्मेदवारबाट घरदैलो कार्यक्रम सुरु गरिएको छ ।
पहिलो चरणको निर्वाचन ३, ४ र ६ नं प्रदेशका ३४ जिल्लामा यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हँुदैछ ।
सधैँजसो राजधानी र जिल्ला सदरमुकाममा रहने अधिकांश पार्टीका नेताहरु अहिले निर्वाचनको प्रचारप्रसारका लागि लामो समयपछि स्थानीय तहका वडा-वडामा पुगिसकेका छन् ।
निर्वाचनको प्रचारप्रसारको समय छोटो भएकाले खासगरी सडक सञ्जाल नपुगेका पहाडी तथा हिमाली क्षेत्रका उम्मेदवारलाई अहिले निकै चापाचाप भएको छ ।
सुगम क्षेत्रका उम्मेदवार भने पार्टीको झन्डा र उम्मेदवारको तस्बिर अङ्कित चुनावी पोस्टर सवारी साधनमा टाँगेर दलबलसहित बिहानदेखि नै प्रचारमा जुटेको देखिएको छ ।
ठूलो आकारको मतपत्र भएका कारण भोट कसरी हाल्ने भन्ने पाटोमा मतदातालाई आवश्यक शिक्षा पुरयाउने विषय निकै चुनौती रहेको उम्मेदवारबाट गुनासो सुनिएको छ ।
निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारी, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई मतदातालाई निर्वाचनमा सहभागी हुन र आचारसंहिता पालनाको सन्देश गाउँगाउँमा पुरयाउन पटकपटक आग्रह गर्दै आएको छ ।
निर्वाचन आयोगबाट अनुगमनका लागि कालीकोट खटिनुभएकी सहसचिव इन्दिरा दाहालले शिक्षामा पछि परेको तथा भौगोलिक विकटता भए पनि निर्वाचन आचारसंहिताको परिधिभित्र रहेरै उम्मेदवारले एकाएक निर्वाचनको राम्रो वातावरण बनाएको प्रतिक्रिया दिनुभयो ।
हिमालपारिको जिल्लाका रुपमा परिचित डोल्पा पुग्नुभएका सहसचिव देवराज ढकालले शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा प्रचारप्रसारमा जुट्दै आफ्नो पकड बलियो बनाउन उम्मेदवारहरु निकै हतारोमा घरदैलो कार्यक्रममा रहेको जानकारी दिनुभयो ।
सिन्धुलीका लागि खटिनुभएका सहसचिव भक्कप्रसाद आचार्यले जिल्लामा उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाचनको तयारीलाई अघि बढाइएको जानकारी दिँदै कर्मचारी परिचालन र शान्ति सुरक्षाको अवस्था राम्रो रहेको प्रतिक्रिया दिनुभयो । पहिलो चरणको निर्वाचनबाट १३ हजार ५५६ जनप्रतिनिधिको चयन हुनेछ । सिन्धुलीमा तीन दिनदेखि पटकपटक ठूलो पानी परेकाले प्रचारप्रसारको काममा उम्मेदवारलाई केही कठिनाइ पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ जना मतदातालाई मतदान गर्नेछन् भने त्यसका लागि मतदान केन्द्र छ हजार ६४२ कायम गरिएको छ ।
जुम्लामा रहनुभएका सहसचिव कृष्णजीवी घिमिरेले मतदाता, उम्मेदवार र मतदान अधिकृतमा देखिएको उत्साह र निर्वाचन गर्नैपर्छ भन्ने दृढ सङ्कल्पले निर्वाचनको वातावरण सौहार्द बनेको प्रतिक्रिया दिनुभयो ।
म्याग्दीमा रहनुभएका सहसचिव महेन्द्र गुरागाइंले राजनीतिक दलका उम्मेदवारबाट एक अर्कामा आरोप प्रत्यारोप गर्ने तथा आचारसंहिता उल्लङ्घन गरेको भन्नेजस्ता हालसम्म कुनै पनि गुनासो जनाउँदै शान्तिपूर्ण रुपमै उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् भन्नुभयो ।
बीस वर्षपछि हुन लागेको निर्वाचनको महाअभियानको माहोल बनाउँदै मतदातालाई आफ्नो पक्षमा ल्याउने दौडधुप र चटारोमा उम्मेदवारको दिनचर्या बितेको छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]