जुरिच (स्विट्जरल्यान्ड), २२ वैशाख । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको छ ।
विश्वकप छनौट चरणको खेलअन्तर्गत गत हप्ता चिलीसँग मार्चमा भएको खेलमा ‘विश्व फुटबल स्टार’ मेसीले सहायक रेफ्रीलाई धम्क्याएको भनी उहाँमाथि चारवटा अन्तर्राष्ट्रिय खेल खेल्नमा फिफाद्वारा नै प्रतिबन्ध लगाएको थियो ।
फिफाको पुनरावेदन समितिले मेसीमाथि कारबाही गर्ने प्रशस्त आधार नभेटिएको भन्दै यसअघि फिफाद्वारा नै लगाएको प्रतिबन्धलाई फुकुवा गरिदिएको हो ।
फिफाद्वारा लिएको पछिल्लो निर्णयले अर्जेन्टिनाको आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा खेल्न जान पाउने आशालाई बल पुरयाएको छ ।
प्रतिबन्ध फकुवापछि अर्जेन्टिनी फुटबल प्रमुख अरमान्डो परेजले मेसीले चिलीसँगको खेलका क्रममा केही गल्ती गरेको भए पनि फिफाद्वारा लगाइएको प्रतिबन्ध असङ्गतपूर्ण थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता