कैलाली, ७ वैशाख । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपीएल)मा पारस खड्काको कप्तानीमा रहेको चौराहा टोली अन्तिम चरणमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो क्वालिफायरमा चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएर अन्तिम चरणमा प्रवेश गरेको हो ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।
समूह चरणको अन्तिम खेलमा रुपन्देही र चौराहा नै भिडेकामा प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पूरा गर्दै चौराहा अघिल्लो चरणमा पुग्यो ।
सुरुवाती राम्रो गर्न नसकेको रुपन्देहीका ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । पहिलो विकेटका लागि हरिशङ्कर शाह र शङ्कर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्न पुग्यो । उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४-१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे ।
चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा पाँच विकेट गुमाएर १७२ रन बनाएको थियो । यो डिपीएलकै दोस्रो उच्च स्कोर हो भने चौराहाका लागि भने सबैभन्दा ठूलो स्कोर हो ।
चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले छ चौका र चार छक्का प्रहार गरेका छन् । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे ।
रुपन्देहीका कृष्ण कार्कीले दुई तथा विक्रम भुसाल र शहब आलमले एक-एक विकेट लिए । चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किङ्स टोलीसँग खेल्नुपर्ने भएको छ । ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता