लन्डन । गोर्खा अनलाइन रेडियोले आइतबार लन्डनस्थित फेल्थाममा नयां वर्ष शुभकामना सांझ तथा सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा बेलायतस्थित नेपाली सञ्चारकर्मी र सर्वसाधारणबाहेक अरु संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको थिएन ।
कार्यक्रममा दर्जन बढि सञ्चारकर्मी र सर्वसाधारण भेला भएर नयां वर्ष मनाए । कार्यक्रम उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पानसमा बत्ती बालेर गरेका थिए । डा. सुवेदीले नयां वर्ष २०७४ को शुभकामना मन्तव्यमा नेपाली वर्ष मनाउन अब नेपाल जान नपर्ने बताए । उनले विदेशमा नेपाली कला संस्कृति मौलाउंदै आएको बताउंदै नयां वर्षले खुशीसहित नयां सम्भावना बोकेर आउने बताए । उनले यस्ता उत्सवले नेपालीबीच एकता, सहिष्णुता र भातृत्व विकास हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा गोर्खा रेडियोका निर्देशक नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा स्थानीय कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । उक्त अवसरमा गायक सुजन पराजुली, दिव्यानी शर्मा, सुजाता काफ्ले, चांद लामा लगायतले आफ्नो गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रश्मी गौतम, टिया आचार्य, बेन्सन बस्नेत, श्रेया क्षेत्री, अमुल्य थापा, अतुल्य शाही, मन्दिरा प्रसाई, सहज बानियां लगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार नारायण गाउंले, रामशरण सिम्खडाले गजल र बिमला गौतमले कविता वाचन गरे । सोही अवसरमा पूर्व डिएसपी वाचस्पति रेग्मीको सम्पादनमा सुरु भएको शितलपाटी डट कम समाचार पोर्टलको राजदूत डा. सुवेदी र नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले उद्घाटन गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष चिरन शर्मा, काउन्सिलर विष्णु गुरुङ, विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष पण्डित चिरञ्जीवी ढकाल, समाजसेवी ध्रुव केसी, सोलिसिटर राजु थापा लगायतको उपस्थिति थियो ।
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते