लुम्बिनी, ४ वैशाख । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् ।
विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक गरी झन्डै तीन लाख लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।
नयाँ वर्षको अवसरमा लुम्बिनी घुम्न आएको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको कोषले जनाएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनका बेला मायादेवी मन्दिर प्रवेशद्वारमा नियमित रुपमा रेकर्ड राख्ने गरिएकामा दर्शनार्थीको भीड अत्यधिक भएपछि रेकर्डससमेत राख्न नसकिएको कोषले जनाएको छ ।
लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती मेलामा भन्दा पनि दोब्बर सङ्ख्यामा नयाँ वर्षमा घुम्न आएको लुम्बिनी विकास कोषको सूचना शाखाले जनाएको छ । शाखाका अनुसार वैशाख १ गतेमात्रै एक लाख ६० हजारको हाराहारीमा मायादेवी मन्दिरको दर्शन गरेका थिए । लुम्बिनी घुम्न आउनेमा अधिकांश नेपाली पर्यटक थिए ।
अत्यधिक मात्रामा आन्तरिक पर्यटक आएपछि लुम्बिनी विकास कोषलाई व्यवस्थापनमा समेत कठिनाइ भएको थियो । लुम्बिनी विकास कोषभित्र रहेका बसपार्कमा यातायातका साधन राख्ने ठाउँ थिएन भने मायादेवी मन्दिरको दर्शका लागि घन्टौँ लाइन बस्नुपरेको थियो । लुम्बिनी घुम्न आएका अधिकांशले लुम्बिनी घुमाई निकै रमाइलो भएको बताएका छन् । नयाँ वर्षको अवसर पारेर घुम्नका लागि भनेरै लुम्बिनी आउनुभएका काठमाडौँका धीरेन्द्र पन्तले लुम्बिनी घुमाइ निकै रमाइलो भएको बताउनुभयो ।
उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिर, अखण्ड दीप, शान्ति स्तूपासहित विभिन्न देशले निर्माण गरेका विहारको अवलोकन गरेको बताउनुभयो । लुम्बिनी विकास कोषले लुम्बिनीस्थित सेन्ट्रल क्यानलमा डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकको चाप झनै बढेको छ । कोषले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार सार्वजनिक बिदा परेका कारण लुम्बिनीमा आन्तरिक पर्यटकको निकै घुइँचो लागेको हो । आज पनि पर्यटकको चाप त्यत्तिकै मात्रामा छ ।
लुम्बिनीमा पर्यटकको चाप बढेसँगै लुम्बिनीमा रहेका तारेदेखि सामान्यखालका होटलसमेत खचाखच भएका थिए । पछिल्लो समय लुम्बिनी घुम्नका लागि गतिलो गन्तव्य बनेको छ भने अशान्त मनलाई शान्त बनाउन पनि धेरै लुम्बिनी पुग्ने गरेका छन् ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक