लण्डन । डार्टफोर्टमा शनिबार नेपाली नयाॅ वर्ष मनाइएको छ ।
ब्रिटिश गोर्खा नेपलिज कम्युनिटीले ट्री स्टेट कम्युनिटी सेन्टरमा आयोजना गरेको कार्यक्रममा डार्टफोर्टका मेयर जोन बरेल, मेयोरेस आइजा, काउन्सिलरहरू रोजाना करान्स र डेन्जिल रेनोल्डस्को उपस्थिति थियो ।
कम्युनिटीका अध्यक्ष तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा मेयरलगायतका अतिथिहरूले शुभकामना दिएका थिए । यस्तै कम्युनिटीका किशोरकिशोरी र बालबालिकाले मनोरञ्जनात्मक प्रस्तुतिहरु दिएका थिए। कार्यक्रममा डार्टफोर्डमा नवआगन्तुकहरूलाई अध्यक्ष राई, उपाध्यक्ष हेमा राना गुरुङ र महिला संयोजक गंगा गुरुङले स्वागत गरेका थिए ।
कार्यक्रम महासचिव एक गुरूङले सन्चालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष हेमा राना गुरुङ र डिजे कृष्ण थापाले गरेका थिए । टिकट व्यवस्थापन काेषाध्यक्ष भीम गुरूङ, खाद्ध व्यवस्था गनिराम घले, पेयव्यवस्था हिम थापा र लीला गुरूङ, राफल ड्र दिव्या गुरूङ, अतिथि स्वागत महिला प्रमुख गंगादेवी गुरूङले गरेका थिए ।
कार्यक्रममा कम्युनिटीका संस्थापक अध्यक्ष कुल घले, सल्लाहकारहरू भीमबहादुर मास्की, माेहन गुरूङ र ठाकुर घले तथा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङगीमगर र संखुवासभा समाजका अध्यक्ष गणेश रानामगर लगायतकाे उपस्थिति रहेकाे थियाे ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]