लण्डन । डार्टफोर्टमा शनिबार नेपाली नयाॅ वर्ष मनाइएको छ ।
ब्रिटिश गोर्खा नेपलिज कम्युनिटीले ट्री स्टेट कम्युनिटी सेन्टरमा आयोजना गरेको कार्यक्रममा डार्टफोर्टका मेयर जोन बरेल, मेयोरेस आइजा, काउन्सिलरहरू रोजाना करान्स र डेन्जिल रेनोल्डस्को उपस्थिति थियो ।
कम्युनिटीका अध्यक्ष तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा मेयरलगायतका अतिथिहरूले शुभकामना दिएका थिए । यस्तै कम्युनिटीका किशोरकिशोरी र बालबालिकाले मनोरञ्जनात्मक प्रस्तुतिहरु दिएका थिए। कार्यक्रममा डार्टफोर्डमा नवआगन्तुकहरूलाई अध्यक्ष राई, उपाध्यक्ष हेमा राना गुरुङ र महिला संयोजक गंगा गुरुङले स्वागत गरेका थिए ।
कार्यक्रम महासचिव एक गुरूङले सन्चालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष हेमा राना गुरुङ र डिजे कृष्ण थापाले गरेका थिए । टिकट व्यवस्थापन काेषाध्यक्ष भीम गुरूङ, खाद्ध व्यवस्था गनिराम घले, पेयव्यवस्था हिम थापा र लीला गुरूङ, राफल ड्र दिव्या गुरूङ, अतिथि स्वागत महिला प्रमुख गंगादेवी गुरूङले गरेका थिए ।
कार्यक्रममा कम्युनिटीका संस्थापक अध्यक्ष कुल घले, सल्लाहकारहरू भीमबहादुर मास्की, माेहन गुरूङ र ठाकुर घले तथा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङगीमगर र संखुवासभा समाजका अध्यक्ष गणेश रानामगर लगायतकाे उपस्थिति रहेकाे थियाे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा