स्टक मार्केटमा सेयरको मूल्यबारे सधैं मिडियामा चर्चा भइरहन्छ । के कस्तो अबस्थामा लगानी गरे उच्च प्रतिफल पाउन सकिन्छ भन्ने तर्फ सबै लगानीकर्ताको ध्यान केन्द्रित हुनु स्वाभाविक हो । लगानी गर्नु अघि स्टक मार्केट, सेयर बजार, हेज फन्ड आदिबारे अध्ययन गर्न भने नितान्त आबश्यक हुन्छ ।
आफूले परिश्रम गरि कमाएको पैसा बैंकमा नगदको रुपमा राख्नु भन्दा उपयुक्त हेज फन्ड छानेर लामो समयाबधिको लागि लगानी गर्नु बान्छनीय हुन्छ । हेज फन्डको अर्थ लगानी गर्ने कम्पनीहरु हुन्, जसले अधिकतम प्रतिफल प्राप्तिको लागि धेरै रणनीति अख्तियार गर्छन् । यस्ता हेज फन्डहरुसंग अर्बौ पाउन्ड पुंजी हुनुको साथै लगानीको धेरै अनुभब हुन्छ ।
एकै फन्डमा सबै लगानी गर्नु भन्दा धेरै फन्डहरुमा लगानी बढाए जोखिम कम हुने कुरा सर्बबिदित नै छ । यहि कुरालाई ध्यानमा राखी फन्डहरुले व्यक्तिगत लगानीकर्ताको पैसालाई बिभिन्न सेयर, बोन्ड तथा अरु सम्पत्तिमा राखी जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण कार्य गर्छन् । त्यसैले उपयुक्त लगानीको लागि फन्डको छनोट गर्नु सबैभन्दा महत्वपूर्ण गृहकार्य हुन्छ ।
सन् २०१६ मा लन्डन स्टक मार्केटको ठुला कम्पनीको (फुट्सी १००) औसत लाभांस करिब ३ दशमलब ७ प्रतिशत रहेको छ । धेरै सेयर र स्टक मार्केटका फन्डहरु मध्यम देखि लामो समयाबधिको लगानीकर्ताहरुलाई पुँजीगतको मुल्य बढाउनुको साथै प्रतिफल दिने लक्ष्य राखेका हुन्छन् । तर, सेयर बजारमा तीन गुणा हुने आम्दानीको जोखिमबाट डराएर या थाह नपाएर धेरै बचतकर्ताहरुले १ प्रतिशत भन्दा पनि कम प्रतिफल आउने बैंकको खातामा आफ्नो पैसा राखेका छन् । उतारचढावको डरको साथै सेयरको मूल्य घट्न सक्ने यथार्थ छंदैछ ।
आफ्नो वित्तीय योजनामा मध्यम देखि लामो समयको लगानीलाई ध्यान दिए उपयुक्त हुने कुरा बुझ्नु जरुरी हुन्छ । उदाहरणको लागि उतारचढाव या सेयरको दाम बिना संकेत तलमाथि हुने कुरा लगानीकर्ताहरुले छोटो समयमा जोखिम लिएर पाउने असफलता जस्तो होइन । स्टक मार्केटको सूचांक तलमाथि हुँदामा बिना अस्थायी परिदृश्य आंकलन गरि सेयर बेच्नेले भन्दा राखिरहनेले सेयर मार्केट स्थिर पश्चात सेयरको दाम पुनः ठिक भएपछि नोक्सान नहुने पाइएको छ ।
बिना सोचविचार गरि छोटो समयको उतारचढावको प्रतिक्रियाको खतरा नाटकीयरुपमा जब बेलायत युरोपियन युनियन छोड्ने जनमत संग्रहको परिणामको लगत्तै देखिएको थियो । लन्डन स्टक मार्केटको ठुला सय कम्पनीको सेयर सूचांक एकदमै तल झरे पनि पाउन्ड स्टर्लिंगको भाउ कमजोर भएपछि जसले निर्यातमा बधाई अरु प्रतिस्पर्धी हुने भएको र बेलायत बाहिर यी कम्पनीले आर्जन गरेको सम्पत्तिको मूल्य बढी हुनाले स्टक मार्केट निकै नै बढ्ने क्रम जारि रह्यो । कमजोर पाउन्डको विनिमय दरको कारणले लन्डनको स्टक मार्केटको ठूला सय कम्पनीको सेयर सूचांक ७००० अंक भन्दा बढी हुने क्रम जारी छ ।
जसले ब्रेक्जिट भोटको बेलाको वरिपरी गरेको लगानी बर्षको शुरुवातको भन्दा राम्रो भएको छ । जसले छोटो समयको बिचार गरि आत्तिएर आफ्नो सेयर बेचेका थिए, उनीहरुले धेरै नोक्सान बोहोर्नु परेको छ ।
मिडियामा चर्चा भइरहने सेयर मूल्य र स्टक मार्केटको पुँजीगत मूल्य प्राय लन्डनको फुट्सी १०० ठूला कम्पनी या एस & पी ५०० अमेरिकाको बढी हुन्छ । तर, सेयर लगानीले दिने खासमा आम्दानीको महत्वपूर्ण पाटोलाई बेवास्ता गर्नु हुदैन । उदारहणको लागि लामो समयको अबधिमा हेर्ने हो भने सेयरबाट कमाउने लाभांस (डिभिडेन्ट) मुद्रास्फीति भन्दा बढी नै हुन्छ ।
बार्कलेज बैंकले बार्षिक आम्दानी सम्बन्धि गत सय बर्ष अबधि भित्र गरेको व्यापक अध्ययनमा बैंक मौज्दात, गिल्ट (सुन) र सेयरको प्रतिफलबारे रोचक तथ्य पाइएको छ । बार्कलेजको एक्युटि गिल्ट अध्ययनले सन् १८९९ मा १०० पाउन्ड लगानी लन्डन स्टक मार्केटको सेयरमा गरिएकोमा मुद्रास्फीतिलाई जोड्ने र लाभांस खर्च गरिएको आधारमा जम्मा यसको मूल्य सय बर्षमा १७७ पाउन्ड मात्र हुने पाइएको छ । तर, लाभांसलाइ पुन: लगानी गरेमा सेयरको खास मूल्य २८,२३२ पाउन्ड हुने यस तथ्यांकले देखाएको छ । अर्को अर्थमा बार्कलेज बैंकले खास बार्षिक प्रतिफल लाभांस पुन लगानी गर्दामा ५ प्रतिशतको हिसाब गरेको छ । तर, दसको एकगुणा अर्थात जिरो दशमलब ५ प्रतिशतमात्र सेयर बढेको दामले मात्र आएको छ ।
यस व्यापक अध्ययनले लगानीकर्ताहरुलाई आफ्नो लगानीको अत्यधिक प्रतिफल पाउनको लागि दीर्घकालीन लगानीको अवधारणा राख्नुपर्ने बताएको छ । छोटो समयमा हुने स्टक मार्केटको गिरावट या अस्थिरतालाई उति ध्यान दिन जरुरी नभएको पनि यसबाट बुझिन्छ । उदारहणको लागि सन् १८९९ देखिको नै तथ्यांक हेर्दा दुई बर्षको लगातार सेयरको लगानीले ६८ प्रतिशत नगद या गिल्टबाट हुने प्रतिफललाई जित्छ ।
भूतकालमा भएको कुरा भविष्यको पथप्रदर्शक नभएपनि यसले बर्तमान लगानीको तरिकाहरु बुझ्न सहयोग गर्छ । बिभिन्न फन्डहरुमा लगानी गरि दीर्घकालीन योजनामा सेयर मार्केटमा लगानी गर्दामा प्रतिफल बढ्ने कुरालाई भने ध्यान दिनु जरुरी हुन्छ ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार