
सोमबारदेखि धनगढीमा सुरु भएको डीपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा सीवाइसी अत्तरिया (कैलाली) विरुद्ध ब्याटिङ् गर्दै काठमाण्डौं गोल्डेन्सका सोमपाल कामी । तस्बिर ः सिद्धराज भट्ट, रासस, धनगढी
कैलाली, २८ चैत । कैलाली–धनगढीमा आइतरदेखि जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट खेलमा सिवाइसी अत्तरियाले विजयी सुरुआत हासिल गरेको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक कार्यालयको खेल मैदानमा आज भएको पहिलो खेलमा सिवाइसी अत्तरियाले काठमाडाँै गोल्डेनलाई ४० रनले हराउँदै विजयी सुरुआत गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४६ रन बनाएको थियो । यसका लागि योगेन्द्रसिंह कार्कीले ५७ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले नटआउट ३४, प्रदीप ऐरीले नटआउट १३, दिलीप नाथले १५ तथा रोशन नेपालले १० रन बनाएका थिए । काठमाडाँैका सोमपाल कामीले २ विकेट लिएका थिए । विजयका लागि १४७ रनको लक्ष्यसहित खेल मैदानमा उत्रेको काठमाडौँ गोल्डेन १८.४ ओभरमा १०६ रनमा अलआउट भएको थियो ।
काठमाडाँैका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सिवाइसी अत्तरियाबाट विनास महराले ४ र विनोद लामाले ३ विकेट लिएका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा