लन्डन । मिस यूके नेपाल २०१६ विजेता टिमले शनिबार सांझ अल्डरसटको एम्पायर हलमा एक च्यारिटी डिनर कार्यक्रम गरेका छन् । ब्युटी वीथ अ परपोज नाम दिइएको उक्त च्यारिटी कास्कीको माछापुच्छ्रे गाउंमा हेल्थ पोस्ट निर्माण सहयोगार्थ गरिएको हो ।
पांचौं ब्युटी वीथ अ परपोज कार्यक्रम नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण र समाजसेवी नन्दकुमारी गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दैै प्रमुख अतिथी आरणले मिस यूके नेपाल टिमको च्यारिटी कार्यको प्रशंसा गरे । उनले च्यारिटी जस्तो पुनित कार्यले आयोजक र अन्य सहयोगीको पवित्र मन, धन र सेवा उजागर हुने जनाए । उनले यस्ता कर्ममा खुल्ला दिलले सहयोग गर्न दाताहरुलाई अपिल पनि गरेका थिए ।
कार्यक्रमको शुरुवातमा मिस यूके नेपाल २०१६ टेनिसा राना, फस्ट रनरअप प्रशङसा लिम्बु, सेकेन्ड रनर अप विभिया श्रेष्ठ र अलिसा गौचनले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्कृतिमय बनेको थियो । कार्यक्रममा सुरक्षा राना, टेनिसा राना, मिनी राना, दिप्ती सापकोटा, ओम साइ राना, आरती गुरुङ, पुनम गुरुङ, सविता राना, पवित्रा थापा, विभिया श्रेष्ठ, रिया, अस्मी थापामगर, ममता गुरुङ, प्रतिष्ठा त्रिपाठी, पारिका आले, काजोल गुरुङ, ओजिफा बेगम लगायतले नाच प्रस्तुत गरेका थिए भने सुदीप लिम्बु, बिवेक मादेन, बिदुर मादेन, भिम थापामगरले गायन र दिनेश रोका एवं अदिप रानाले उत्प्रेरणा जगाउने प्रवचन दिएका थिए ।
कार्यक्रममा च्यारिटी गतिविधि र मिस यूके नेपालबारे जानकारी दिने भिडियो समेत देखाइएको थियो ।
उक्त अवसरमा आयोजकले कलाकार र स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा क्विज र राफल ड्र समेत खेलाइएको थियो ।
इभेन्ट एण्ड आइडियाज्ले सन् २०१० देखि बेलायतमा मिस यूके नेपाल प्रतियोगिता गर्न थालेको हो । त्यसयता प्रत्येक वर्षका विजेताले नेपालमा सहायता गर्न वर्षेनी च्यारिटी कार्यक्रम गर्दै आएको इभेन्ट एण्ड आइडियाजकी संस्थापक निर्देशक शान्ति गुरुङले जनाइन् ।
उक्त कार्यक्रम टेनिसा, प्रशङसा, विभिया, अलिसा, आरती गुरुङ, लक्ष्मी राईले सञ्चालन गरेका थिए ।
तस्विरहरुः मिलन तमु
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई