लन्डन । मिस यूके नेपाल २०१६ विजेता टिमले शनिबार सांझ अल्डरसटको एम्पायर हलमा एक च्यारिटी डिनर कार्यक्रम गरेका छन् । ब्युटी वीथ अ परपोज नाम दिइएको उक्त च्यारिटी कास्कीको माछापुच्छ्रे गाउंमा हेल्थ पोस्ट निर्माण सहयोगार्थ गरिएको हो ।
पांचौं ब्युटी वीथ अ परपोज कार्यक्रम नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण र समाजसेवी नन्दकुमारी गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दैै प्रमुख अतिथी आरणले मिस यूके नेपाल टिमको च्यारिटी कार्यको प्रशंसा गरे । उनले च्यारिटी जस्तो पुनित कार्यले आयोजक र अन्य सहयोगीको पवित्र मन, धन र सेवा उजागर हुने जनाए । उनले यस्ता कर्ममा खुल्ला दिलले सहयोग गर्न दाताहरुलाई अपिल पनि गरेका थिए ।
कार्यक्रमको शुरुवातमा मिस यूके नेपाल २०१६ टेनिसा राना, फस्ट रनरअप प्रशङसा लिम्बु, सेकेन्ड रनर अप विभिया श्रेष्ठ र अलिसा गौचनले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्कृतिमय बनेको थियो । कार्यक्रममा सुरक्षा राना, टेनिसा राना, मिनी राना, दिप्ती सापकोटा, ओम साइ राना, आरती गुरुङ, पुनम गुरुङ, सविता राना, पवित्रा थापा, विभिया श्रेष्ठ, रिया, अस्मी थापामगर, ममता गुरुङ, प्रतिष्ठा त्रिपाठी, पारिका आले, काजोल गुरुङ, ओजिफा बेगम लगायतले नाच प्रस्तुत गरेका थिए भने सुदीप लिम्बु, बिवेक मादेन, बिदुर मादेन, भिम थापामगरले गायन र दिनेश रोका एवं अदिप रानाले उत्प्रेरणा जगाउने प्रवचन दिएका थिए ।
कार्यक्रममा च्यारिटी गतिविधि र मिस यूके नेपालबारे जानकारी दिने भिडियो समेत देखाइएको थियो ।
उक्त अवसरमा आयोजकले कलाकार र स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा क्विज र राफल ड्र समेत खेलाइएको थियो ।
इभेन्ट एण्ड आइडियाज्ले सन् २०१० देखि बेलायतमा मिस यूके नेपाल प्रतियोगिता गर्न थालेको हो । त्यसयता प्रत्येक वर्षका विजेताले नेपालमा सहायता गर्न वर्षेनी च्यारिटी कार्यक्रम गर्दै आएको इभेन्ट एण्ड आइडियाजकी संस्थापक निर्देशक शान्ति गुरुङले जनाइन् ।
उक्त कार्यक्रम टेनिसा, प्रशङसा, विभिया, अलिसा, आरती गुरुङ, लक्ष्मी राईले सञ्चालन गरेका थिए ।
तस्विरहरुः मिलन तमु
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा