लन्डन । सहारा यूके आगामी १३ मे शनिबार लन्डन फेल्थाममा हुने एभरेष्ट कपको तयारीमा जुटेको छ । भेटघाट रेष्टुरेन्टमा आइतबार सम्पन्न संस्थाको बैठकले एभरेष्ट कप तयारीबारे अवगत गराउंदै अन्य महत्वपूर्ण निर्णयहरु गरेको छ ।
फेल्थाम कम्युनिटी कलेज मैदानमा हुने ९ ए साइड एभरेष्ट कपमा यसपटक २४ मेन टिमले प्रतिष्पर्धा गर्ने र अन्डर १६ का दुई टिम आमन्त्रित गरिने सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ ‘सांहिला’ ले जानकारी दिएका छन् । खेलबारे सहारा यूके डटकममा विस्तृत जानकारी उपलव्ध छ । प्रतियोगिताको संयोजन लेफ्टिनेन्ट (रिटायर्ड) कुसाङ गुरुङ र मनोज गुरुङले गरिरहेका छन् ।
बैठकमा नवनियुक्त सल्लाहकारहरुलाई औपचारिक स्वागत गरियो । बैठकले सन्डे लिग खेल निरन्तर खेलाउने, क्लब र एकेडेमीबाट खेल्ने किशोर किशोरीलाई मद्दत गर्ने र ८ देखि १४ वर्ष उमेरका युथलाई फुटबल खेल प्रशिक्षण दिने निर्णय गरेको छ । प्रशिक्षणका लागि संयोजक मनोज गुरुङ र धनु थकालीलाई जिम्मेवारी दिइएको छ ।
बैठकले सहारा यूकेको विधान बनाउन एकेन्द्र गुरुङको संयोजकत्वमा ५ जना सल्लाहकार रहने गरि एक समिति पनि गठन गरेको छ ।
बैठकमा अध्यक्ष मीनबहादुर गुरुङ ‘सांहिला’ ले हालै पोखरामा सम्पन्न आहा गोल्ड कपमा सहारा यूकेको सहभागिता र सहयोगबारे अवगत गराएका थिए । उनले सहारा एकेडेमी पोखराले बनाउन लागेको २ करोड रुपैयांको अक्षय कोषका लागि सहारा यूकेले हालसम्म २८ लाख रुपैयां संकलन गरिसकेको जानकारी दिएका थिए । उक्त अक्षय कोषका लागि बैठकमै झण्डै ८ लाख रुपैयां उठेको थियो । हालसम्म अक्षय कोषका लागि नेपालमा एक करोड २५ लाख रुपैयां संकलन भइसकेको छ ।
महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको उक्त बैठकमा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
सहारा यूकेले खेल विकाससंगै समाजसेवालाई पनि एक साथ अगाडि बढाएको छ । उसले २१ लाख रुपैयांको बजेटमा सिन्धुपाल्चोकस्थित हैबुङ महादेवस्थान माविको ५ कोठे भवन पुर्ननिर्माण शुरु गरिसकेको छ । यसअघि उसले विभिन्न माध्यमबाट आर्थिक रकम जोहो गरि गोरखाको घैरुङस्थित ज्यामिर स्वांरामा रहेको गणेश प्रा.बि. भवन पनि पुनर्निर्माण गरिदिएको थियो ।
तस्विरः मिलन तमु
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी