लन्डन । सहारा यूके आगामी १३ मे शनिबार लन्डन फेल्थाममा हुने एभरेष्ट कपको तयारीमा जुटेको छ । भेटघाट रेष्टुरेन्टमा आइतबार सम्पन्न संस्थाको बैठकले एभरेष्ट कप तयारीबारे अवगत गराउंदै अन्य महत्वपूर्ण निर्णयहरु गरेको छ ।
फेल्थाम कम्युनिटी कलेज मैदानमा हुने ९ ए साइड एभरेष्ट कपमा यसपटक २४ मेन टिमले प्रतिष्पर्धा गर्ने र अन्डर १६ का दुई टिम आमन्त्रित गरिने सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ ‘सांहिला’ ले जानकारी दिएका छन् । खेलबारे सहारा यूके डटकममा विस्तृत जानकारी उपलव्ध छ । प्रतियोगिताको संयोजन लेफ्टिनेन्ट (रिटायर्ड) कुसाङ गुरुङ र मनोज गुरुङले गरिरहेका छन् ।
बैठकमा नवनियुक्त सल्लाहकारहरुलाई औपचारिक स्वागत गरियो । बैठकले सन्डे लिग खेल निरन्तर खेलाउने, क्लब र एकेडेमीबाट खेल्ने किशोर किशोरीलाई मद्दत गर्ने र ८ देखि १४ वर्ष उमेरका युथलाई फुटबल खेल प्रशिक्षण दिने निर्णय गरेको छ । प्रशिक्षणका लागि संयोजक मनोज गुरुङ र धनु थकालीलाई जिम्मेवारी दिइएको छ ।
बैठकले सहारा यूकेको विधान बनाउन एकेन्द्र गुरुङको संयोजकत्वमा ५ जना सल्लाहकार रहने गरि एक समिति पनि गठन गरेको छ ।
बैठकमा अध्यक्ष मीनबहादुर गुरुङ ‘सांहिला’ ले हालै पोखरामा सम्पन्न आहा गोल्ड कपमा सहारा यूकेको सहभागिता र सहयोगबारे अवगत गराएका थिए । उनले सहारा एकेडेमी पोखराले बनाउन लागेको २ करोड रुपैयांको अक्षय कोषका लागि सहारा यूकेले हालसम्म २८ लाख रुपैयां संकलन गरिसकेको जानकारी दिएका थिए । उक्त अक्षय कोषका लागि बैठकमै झण्डै ८ लाख रुपैयां उठेको थियो । हालसम्म अक्षय कोषका लागि नेपालमा एक करोड २५ लाख रुपैयां संकलन भइसकेको छ ।
महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको उक्त बैठकमा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
सहारा यूकेले खेल विकाससंगै समाजसेवालाई पनि एक साथ अगाडि बढाएको छ । उसले २१ लाख रुपैयांको बजेटमा सिन्धुपाल्चोकस्थित हैबुङ महादेवस्थान माविको ५ कोठे भवन पुर्ननिर्माण शुरु गरिसकेको छ । यसअघि उसले विभिन्न माध्यमबाट आर्थिक रकम जोहो गरि गोरखाको घैरुङस्थित ज्यामिर स्वांरामा रहेको गणेश प्रा.बि. भवन पनि पुनर्निर्माण गरिदिएको थियो ।
तस्विरः मिलन तमु
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह