
काठमाडौँ, २० चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ ।
आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता सङ्ख्या कायम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् । आयोगकाअनुसार मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइ कार्य आजैदेखि सुरु हुनेछ ।
आयोगले मतदाताको सूची केहीदिन भित्रै आफ्नो वेवसाइटमा राख्ने जनाएको छ । मतदातको नामावली आगामी वैशाख १० गते भित्रै सबै जिल्लामा पुरयाइसक्ने जनाइएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?