
काठमाडौँ, २० चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ ।
आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता सङ्ख्या कायम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् । आयोगकाअनुसार मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइ कार्य आजैदेखि सुरु हुनेछ ।
आयोगले मतदाताको सूची केहीदिन भित्रै आफ्नो वेवसाइटमा राख्ने जनाएको छ । मतदातको नामावली आगामी वैशाख १० गते भित्रै सबै जिल्लामा पुरयाइसक्ने जनाइएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा