
कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल प्रतियोगितामा भाग लिन जापान आएका १२ नेपाली खेलाडीका साथमा प्रशिक्षक राजेन्द्र तामाङ । उनीहरुलाई नारिता बिमानस्थलमा जापानस्थित आयोजक टोलीले स्वागत गरेका थिए । तस्बिर ः प्रकाश पन्थी, जापान, रासस
टोकियो (जापान), १७ चैत । शुक्रबारदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ ।
कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्तिका लागि भन्दै १२ खेलाडीले आक्रामकरुपमा भिड्ने तयारीका साथ प्रशिक्षण दिइएको छ । उनीहरुलाई आक्रामक रुपमा प्रस्तुत गराउन पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचन र राजेन्द्र तामाङले आज दिनभर प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।
गत वर्ष १८औँ स्थानमा परेको नेपाल यस पटकको राम्रो प्रयास भएपनि उपलब्धि नजिक नरहेको प्रशिक्षक गौचनको भनाइ छ । गौचनले कमजोर भएपनि नेपाली खेलजगत्को हौसला र बालबालिकाको खेलप्रति आकर्षण बढाउन आफू कार्यरत जापान एकेडेमीको सहयोगमा १२ खेलाडीलाई प्रतिस्पर्धामा उतारेको बताउनुभएको छ ।
अङ्कका आधारमा विजेता घोषणा गरिने यो प्रतियोगितामा आक्रामक वा मैत्रीपूर्ण जुनसुकैमा पनि उत्कृष्ट प्रस्तुति भएमा उपलब्धि टाढा नरहेको नेपालबाट खेलाडीको नेतृत्व गर्दै आएका प्रशिक्षक तामाङ बताउनुहुन्छ ।
खेलाडी ल्याउन सक्रिय भूमिका निभाएका व्यवसायी प्रकाश तुलाचनले प्रतिस्पर्धीसँग भिड्नका लागि बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायत नेपालभरका पाँचसयभन्दा बढीबाट १२ जना छनोट भएको खेलाडी जापानको खेलमैदानमा आएको जानकारी दिनुभयो ।
प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी गौचनको पहलमा करिब एक साताका लागि आएका नेपाली खेलाडी ब्राजिल, स्पेन, अस्टे«लिया, जर्मनीलगायतका प्रतिस्पर्धी १२ टिम तथा जापानका स्थानीय २० टिमसँग भिड्नेछन् ।
राजधानी टोकियोबाट झन्डै साढे ४ घन्टा पश्चिम दक्षिणमा पर्ने सिजुओका प्रान्तको खामियामास्थित गोतेन्बा मैदानमा हुने प्रतियोगितामा नेपाली खेलाडीको सहयोगार्थ बुधबार साँझ सिनओकुबोमा आयोजित च्यारिटी सोमा सहभागीले बालखेलाडीलाई बधाई र हौसला दिएका थिए ।
कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुदन थापा, विभिन्न सङ्घसंस्था र राजनीतिक भ्रातृसङ्गठनका पदाधिकारीले कलिलो उमेरमा अभिभावकलाई छोडेर जापानमा विदेशी टिमसँगको प्रतिस्पर्धामा भिड्ने खेलाडीको आक्रामक शैलीको प्रशंसा गरेका थिए ।
गत वर्षको प्रतियोगितामा स्पेनको एट्लेटिको म्याड्रिड, जर्मनीको हर्था बर्लिन, मेक्सिकोको चिभास, दक्षिण कोरिया र हङकङ तथा जापानको टोली अन्तिमसम्म भिडेका थिए । प्रतियोगितामा प्रथम हुने टोलीले युरोपमा हुने यू—१२ खेलमा सिधै सहभागी हुन पाउने प्रावधान छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने