लन्डनमा शिव परियार र नाम्लो ब्याण्डका साथ नयां वर्ष कार्यक्रम हुंदै

लन्डन । एक्सप्रेस स्टुडियो लन्डन र नेपाली टिभी यूकेले नेपाली नयां वर्ष २०७४ को अवसरमा आगामी २३ अप्रिल आइतबार एक 
सांगीतिक सांझ गर्ने भएका छन् । कार्यक्रममा नेपाली आधुनिक संगीतका परिचित गायक शिव परियार र बेलायतको प्रसिद्ध नाम्लो ब्यान्डले प्रस्तुति दिने आयोजकले बताएका 
छन् । शिव परियार नेपाली आधुनिक संगीतमा आफ्नै शैली र क्लासिकल बेसबाट आएका प्रखर गायक हुन्, जो दर्शकमाझ चर्चित छन् । हयारोस्थित क्लब केटिएम लन्डनमा कार्यक्रम हुन लागेको हो ।

उता, लामो संगीत साधना र अध्ययनपछि बेलायतको नेपाली समुदाय मात्र होइन, बेलायती र अन्तर्राष्ट्रिय समुदायमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार गंगा थापाको अग्रसरतामा शुरु भएको नाम्लो ब्याण्ड नेपाली लोक संस्कृति झल्कने गीत 
संगीतलाई पश्चिमा वाद्यवाधन र शैलीसंग फ्यूजन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सफल भएको छ । यसका ब्याण्ड मेम्बरहरु कोही युरोपियन छन् भने कोही अफ्रिकन ।

नाम्लो ब्यान्डको नाम नसुनेको बताउनेहरु पनि यसको प्रस्तुति देखेपछि फ्यान हुने गरेको बताउंछन् स्टुडियोका क्रिएटिभ डिरेक्टर दिनेश परियार । स्टुडियोका बजार व्यवस्थापक जगन कार्कीले यस सांगीतिक कार्यक्रम नेपाली आधुनिक गीत संगीतलाई मन पराउने पुस्ता देखि नेपाली संगीतलाई पाश्चात्य संगीतको फ्यूजनमा सुन्न चाहने नयां पुस्ता र कार्यक्रमपछि हुने डान्स पार्टीले अझ तन्नेरी पुस्तालाई पनि भरपुर 
मनोरन्जन दिने बताए ।

नेपाली नयां वर्षसंगै सेवा शुरु गर्न लागेको एक्सप्रेस स्टुडियोले फोटोग्राफी, भिडियोग्राफी र संगीत कक्षा, इभेन्ट म्यानेजमेन्ट तथा क्रिएटिभ बिजनेस् सोलुसनको काम गर्ने यसका निर्देशक बीरेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री