लन्डन । एक्सप्रेस स्टुडियो लन्डन र नेपाली टिभी यूकेले नेपाली नयां वर्ष २०७४ को अवसरमा आगामी २३ अप्रिल आइतबार एक सांगीतिक सांझ गर्ने भएका छन् । कार्यक्रममा नेपाली आधुनिक संगीतका परिचित गायक शिव परियार र बेलायतको प्रसिद्ध नाम्लो ब्यान्डले प्रस्तुति दिने आयोजकले बताएका छन् । शिव परियार नेपाली आधुनिक संगीतमा आफ्नै शैली र क्लासिकल बेसबाट आएका प्रखर गायक हुन्, जो दर्शकमाझ चर्चित छन् । हयारोस्थित क्लब केटिएम लन्डनमा कार्यक्रम हुन लागेको हो ।
उता, लामो संगीत साधना र अध्ययनपछि बेलायतको नेपाली समुदाय मात्र होइन, बेलायती र अन्तर्राष्ट्रिय समुदायमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार गंगा थापाको अग्रसरतामा शुरु भएको नाम्लो ब्याण्ड नेपाली लोक संस्कृति झल्कने गीत संगीतलाई पश्चिमा वाद्यवाधन र शैलीसंग फ्यूजन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सफल भएको छ । यसका ब्याण्ड मेम्बरहरु कोही युरोपियन छन् भने कोही अफ्रिकन ।
नाम्लो ब्यान्डको नाम नसुनेको बताउनेहरु पनि यसको प्रस्तुति देखेपछि फ्यान हुने गरेको बताउंछन् स्टुडियोका क्रिएटिभ डिरेक्टर दिनेश परियार । स्टुडियोका बजार व्यवस्थापक जगन कार्कीले यस सांगीतिक कार्यक्रम नेपाली आधुनिक गीत संगीतलाई मन पराउने पुस्ता देखि नेपाली संगीतलाई पाश्चात्य संगीतको फ्यूजनमा सुन्न चाहने नयां पुस्ता र कार्यक्रमपछि हुने डान्स पार्टीले अझ तन्नेरी पुस्तालाई पनि भरपुर मनोरन्जन दिने बताए ।
नेपाली नयां वर्षसंगै सेवा शुरु गर्न लागेको एक्सप्रेस स्टुडियोले फोटोग्राफी, भिडियोग्राफी र संगीत कक्षा, इभेन्ट म्यानेजमेन्ट तथा क्रिएटिभ बिजनेस् सोलुसनको काम गर्ने यसका निर्देशक बीरेन्द्र श्रेष्ठले बताए ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]