लन्डन । समावेशी र संवैधानिक लोकतन्त्रभित्र पद्दति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रेटी) र उत्कृष्टता (मेरिटोक्रेसी) अर्थात स्टिमको चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण गर्ने उद्देश्यले बीबीसी नेपालीका पूर्व प्रमुख रविन्द्र मिश्रले गठन गरेको ‘साझा पार्टी’ मा बेलायतबाट पनि सहभागिता बढेको छ ।
संयुक्त अधिराज्य बेलायतमा एस के श्रेष्ठको संयोजकत्वमा साझा सद्भाव समूह निर्माण भएको हो । हालसम्म ४० जना भन्दा बढिको समूह गठन भइसकेको श्रेष्ठले जनाए । ग्रीनफोर्ड लन्डनमा शर्मिला पछाइ थापाको संयोजकत्वमा सात जनाको समूह, प्लमस्टिड लन्डनबाट अरुण शाक्यको संयोजकत्वमा ८ जनाको समूह र स्कटल्याण्डबाट पर्शुराम सिग्देलको संयोजकत्वमा ९ जनाको समूह गठन भएको छ ।
‘अब पनि हाम्रो सोचमा परिवर्तन आएन भने न त देशले राम्रो नेता पाउंछ न त देशले विकासको गति लिन्छ’, संयोजक श्रेष्ठले भने, ‘राजनीतिक संस्कारमा परिवर्तन ल्याएर देश विकास गर्न साझा पार्टी निर्विकल्प हुने मेरो विश्वास छ ।’
यसबाहेक रेडिङमा पनि महेशहरि आचार्यको संयोजकत्वमा साझा सद्भाव समूह गठन भइसकेको छ । श्रेष्ठले रेडिङ समूहसंग सहकार्य गरेर अगाडि बढ्न छलफल भएको बताए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार