लन्डन । समावेशी र संवैधानिक लोकतन्त्रभित्र पद्दति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रेटी) र उत्कृष्टता (मेरिटोक्रेसी) अर्थात स्टिमको चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण गर्ने उद्देश्यले बीबीसी नेपालीका पूर्व प्रमुख रविन्द्र मिश्रले गठन गरेको ‘साझा पार्टी’ मा बेलायतबाट पनि सहभागिता बढेको छ ।
संयुक्त अधिराज्य बेलायतमा एस के श्रेष्ठको संयोजकत्वमा साझा सद्भाव समूह निर्माण भएको हो । हालसम्म ४० जना भन्दा बढिको समूह गठन भइसकेको श्रेष्ठले जनाए । ग्रीनफोर्ड लन्डनमा शर्मिला पछाइ थापाको संयोजकत्वमा सात जनाको समूह, प्लमस्टिड लन्डनबाट अरुण शाक्यको संयोजकत्वमा ८ जनाको समूह र स्कटल्याण्डबाट पर्शुराम सिग्देलको संयोजकत्वमा ९ जनाको समूह गठन भएको छ ।
‘अब पनि हाम्रो सोचमा परिवर्तन आएन भने न त देशले राम्रो नेता पाउंछ न त देशले विकासको गति लिन्छ’, संयोजक श्रेष्ठले भने, ‘राजनीतिक संस्कारमा परिवर्तन ल्याएर देश विकास गर्न साझा पार्टी निर्विकल्प हुने मेरो विश्वास छ ।’
यसबाहेक रेडिङमा पनि महेशहरि आचार्यको संयोजकत्वमा साझा सद्भाव समूह गठन भइसकेको छ । श्रेष्ठले रेडिङ समूहसंग सहकार्य गरेर अगाडि बढ्न छलफल भएको बताए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल