लण्डन । शिव कल्चर कम्युनिटी समूहको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् ।
समूहको आइतबार भएको साधारण सभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा क्याप्टेन गोपाल बिश्वकर्मा, महासचिव श्रीमती तानिया जैन, कोषाध्यक्ष पूर्व डिएसपी वाचस्पति रेग्मी, सह कोषाध्यक्षमा श्रीमती सुमित्रा राई लिम्बु, लण्डन पब्लिक रिलेसन अफिसर मेजर सूर्य उपाध्याय, साँस्कृतिक सचिवमा विक्रम भट्टराई, सहायक साँस्कृतिक सचिवमा रमा बानियाँ र सदस्यहरु भरतकुमार श्रेष्ठ, इन्द्र शर्मा र शरद श्रेष्ठ रहेका छन् ।
समूहका अध्यक्ष सुनित जैनको अध्यक्षतामा भएको सो साधारणसभामा महासचिव मेजर (रि) सूर्य उपाध्यायले संस्थाको गतिविधिबारे विस्तृत जानकारी गराए । संस्थाले सन्चालन गरेको शिव मन्दिरको गतिविधिबारे राम्रो प्रगति भएको एवम पूजा अर्चनाको कार्यक्रम राम्रोसँग भएको उनको भनाइ थियो ।
यसैगरी समूहको आर्थिक गतिविधि प्रस्तुत गर्दै स्मिता न्यौपानेले सन् २०१३ मा बोलकबोल भएको १ लाख ५५६ पाउण्डमध्ये ४५ प्रतिशत र च्यारिटी फण्ड रेज कार्यक्रममा बोलिएको ५१ हजार पाउण्डमध्ये पनि ४५ प्रतिशत उठेकोले नयाँ कार्य समितिले उक्त रकम सङकलनका लागि पहल गर्ने बताइन् ।
दोस्रो सत्र निर्वाचन आयुक्त एकेन्द्र गुरुङ, भीम बानिया र जिब बेल्बासेले सन्चालन गरेका थिए ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा