लन्डन, १० चैत । इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ ।
आईएस निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो ।
अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, ‘आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।’
सन्देशमा व्यक्त भावअनुसार आक्रमणकारीलाई आईएसद्वारा प्रोत्साहित गरिएको र प्रत्यक्ष रुपमा आक्रमणको तालिम दिएको स्काई न्युजले जनाएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मेले बिहीबार संसदलाई सम्बोधन गर्दै आक्रमणकारी बेलायती मूलका एक व्यक्ति भएको र उसका बारेमा प्रहरी र सुरक्षा सेवामा कार्यरत अधिकारीलाई जानकारी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले आक्रमणकारी बेलायती सुरक्षा सेवाद्वा हिंसात्मक आतङ्कवादी आक्रमण गराउन सक्ने भनी सुरक्षा अधिकारीबाट विगतमा गरिएका अनुसन्धानमा ल्याइएका व्यक्ति भएको बताउनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार