लन्डन । बेलायतको सशस्त्र प्रहरीले लन्डनमा बुधबार भएको आतंककारी आक्रमणपछि ८ जना पक्राउ गरेको छ । बर्मिङहम, लन्डनसहित यूकेका ६ विभिन्न ठेगानामा छापा मारी प्रहरीले त्यसै रात ८ जना पक्राउ गरेको हो । प्रति आतंकवादका एक जना वरिष्ठ अधिकारी मेट्रोपोलिटन पुलिस असिस्टेन्ट कमिश्नर मार्क राउलीले पक्राउबारे जानकारी दिंदै लन्डन घट्ना अन्तराष्ट्रिय आतंकवादबाट प्रेरित भएको जनाएका छन् ।
राउलीले मृतक संख्या परिमार्जन गर्दै घट्नामा आक्रमणकारीसहित चार जनाको मृत्यु भएको र २९ जनाको उपचारमा भइरहेको जनाए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।
बेलायती रक्षामन्त्री माइकल फालनले वेष्टमिनिस्टर हमला इस्लामिक आतंकवादसंग सम्वन्धित भएको विश्वास व्यक्त गरेका छन् ।
बेलायती संसद भवन अगाडि पर्यटकहरुले खचाखच भरिने वेष्टमिनिस्टर पुलको पेटीमा हिंडिरहेका पैदल यात्रुमाथि अन्धाधुन्ध कार कुंदाएर एक संदिग्ध आतंककारीले कार रेलिङमा ठोक्काएको थियो । पछि उक्त आक्रमणकारीले संसद भवनको सुरक्षा दिइरहेका प्रहरीलाई धारिलो चक्कु प्रहार गरेको समाचारमा जनाइएको छ । सशस्त्र प्रहरीले आक्रमणकारीलाई गोली हानी मारिदिएका छन् । प्रहरीले उक्त घट्नामा प्रयोग भएको कार बर्मिङहमबाट भाडामा लिइएको जनाउंदै आक्रमणकारी बेलायतमै जन्मिएको भएपनि उसको परिचय खुलाएको छैन् ।
बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदलाई सम्वोधन गर्दै घटनाबाट आफूहरु नडराएको जनाइन् । उनले सशस्त्र प्रहरी संख्या बढाइएको पनि बताइन् । अघिल्लो दिन उनले भावुक मुद्रामा घट्नाको भत्र्सना सहित लन्डनको आतंककारी घट्नाबाट बेलायती मुल्य मान्यता परास्त हुन नसक्ने बताउंदै घट्नालाई तुच्छ र घृणित बताएकी थिइन् ।
यस घट्नामा नेपाली कोही नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस