
जेरुसेलम, ६ चैत । इजरायली रक्षामन्त्री अभिगडोर लाइवरमेनले आइतबार सिरियाली सेनाले जमिनबाट आकाशमा हान्ने क्षेप्यास्त्रको प्रयोग गरी इजरायली युद्धक विमानलाई आक्रमण गरेको भन्दै आफूहरूले चाहेमा सिरियाली हवाई रक्षा प्रणालीलाई नै ध्वस्त पारिदिनसक्ने बताउनुभएको छ ।
यदि फेरि पनि सिरियाली सेनाले आफ्नो हवाई रक्षा प्रणालीको प्रयोग गरी हाम्रा विमानमाथि आक्रमण गरेमा सिरियाको हवाई रक्षा प्रणालीलाई कुनै हिचकिचावटविना नै ध्वस्त पारिदिने छौँ, लिवरमेनले इजरायली सरकारी रेडियोसँगको कुराकानीमा बताउनुभयो ।
यसअघि इजरायली युद्धक विमानले शुक्रबार कैयौँ पटक सिरियाली क्षेत्रमा आक्रमण गरी लेवनानी सिया हेजबुल्लाह आन्दोलनमा सहयोगार्थ हिँडाइएका हतियारलाई लक्षित गरी आक्रमण गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताउनुभएको थियो ।
यसरी इजरायली युद्धक विमानद्वारा गरिएका आक्रमणका क्रममा सिरियाली सेनाले एक इजरायली युद्धक विमानलाई जमिनबाट क्षेप्यास्त्र आक्रमण गरी खसालेको थियो भने अर्को एक विमानमा पनि आक्रमण गरेको थियो । तर इजरायली सेनाले आफ्ना कुनै विमानमा आक्रमण नगरिएको बताएको थियो ।
इजरायली सेनाद्वारा विज्ञप्तिमा भनिएको छ, सिरियाद्वारा युद्धक विमानमाथि कैयौँ हतियारको.निसाना बनाइए पनि सबै निरर्थक बनेका थिए । एउटा क्षेप्यास्त्र आक्रमणलाई इजरायली ‘एरो’ हवाई रक्षा प्रणालीले अवरुद्ध गरी आकाशमै निस्क्रिय पारिदिएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।
सिरियाबाट लेबनान निर्यात गर्न लागिएका हतियारलाई कुनै बेला पनि रोक्न हामीले प्रतिरोध गर्ने छौँ, लिवरमेनले इजरायली रेडियोसँगको अन्तरवार्तामा बताउनुभयो ।
लिवरमेनले आफ्नो देशले सिरियाली गृहयुद्धमा हस्तक्षेप गर्ने वा रसियासँग विवादमा तानिने चाहना नराखेको तर इजरायलको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहने बताउनुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान