लन्डन । बेलायती राजकुमार ह्यारी लन्डन दूतावासमा आयोजना भइरहेको बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन कार्यक्रममा सहभागी हुने भएका छन् ।
साताव्यापी कार्यक्रमको अन्तिम दिन आगामी २० मार्च अपरान्ह उनी दूतावास आउने तय भएको केन्जिङ्टन प्यालेसले बिहीबार ट्वीटरमार्फत जानकारी दिएको हो ।
कार्यक्रममा बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरसहित नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशी समेत सहभागी हुनेछन् । दूतावास श्रोतका अनुसार, दुबै देशका अन्य उच्च स्तरिय अधिकारीहरु समेत सहभागी हुने अपेक्षा छ । हयारीसहित उच्च पदस्थ अधिकारी आउने भएपछि त्यसदिन सुरक्षा व्यवस्था कडा हुने दूतावासले जनाएको छ । निम्तालुलाई मात्र प्रवेश र आइडी कार्ड लिएर कार्यक्रममा आउन भनिएको छ ।
प्रिन्स हयारी ठयाक्कै एक वर्ष अघि वसन्त ऋतु (स्प्रीङ) मा नेपालको पहिलो भ्रमणमा निस्किएका थिए ।
हयारीले ब्रिटिश गोर्खा सैनिकको सधैं खुलेर प्रशंसा गर्दै आएका छन् । अफगानिस्तान युद्धमा गोर्खाहरुसंगै दुई पटक अग्रपंक्तिमा लडेका ह्यारीले आफू गोर्खाहरुसंग रहंदा सबैभन्दा बढि सुरक्षित महशुस हुने बताउंदै आएका छन् ।
नेपालसंग बेलायती राजपरिवारको बेग्लै सम्वन्ध छ । बेलायती महारानी एलिजावेथ द्वितिय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए भने राजकुमारी डायना, प्रिन्स चाल्ससहित बेलायती मन्त्रीहरुको नेपाल भ्रमण भइसकेको छ ।
१४ मार्चमा ड्यूक अफ ग्लस्टरले समुदघाटन गरेको साताव्यापी कार्यक्रमको दोश्रो दिन बुधबार पर्यटन, तस्विर र कला प्रदर्शनी सम्वन्धि कार्यक्रम भएको छ । कार्यक्रममा भिजिट नेपाल युरोप २०१७ अभियानको औपचारिक शुभारम्भ भएको छ । अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल अध्यक्ष एवं बेलायती सांसद बीरेन्द्र शर्माले अभियानको उद्घाटन गरेका हुन् । त्यसैगरि, तेश्रो दिन नेपाल र बेलायत सम्वन्ध सम्वन्धि वौद्धिक अन्तरक्रिया, चौंथो दिन नेपाली साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी, पांचौं दिन नेपाली संगीत र खाना महोत्सव, छैटौं दिन व्यापार र लगानी महोत्सव एवं सातौं दिन २० मार्चमा समापन विशेष समारोह र भिक्टोरिया क्रस विजेता १३ भूपू गोर्खाहरुको तस्विर अनावरण कार्यक्रम गरिने दूतावासले जनाएको छ ।
शनिबार हुने कार्यक्रममा सबैलाई प्रवेश भएपनि अन्य दिनका कार्यक्रममा निमन्त्रणा अनिवार्य गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]