लन्डन । करिब दुई दशकदेखि चलचित्र पत्रकारिता
गर्दै आएका पत्रकार राजन घिमिरे नेपाली चलचित्र सम्वन्धि आफ्नो वृत्तचित्र लिएर लन्डन आएका छन् ।
अंग्रेजी भाषामा पनि सब टाइटल राखिएको ‘यात्रा नेपाली सिनेमाको’ वृत्तचित्र लिएर उनी लन्डन आएका हुन् ।
घिमिरेको उक्त वृत्तचित्र आगामी शनिबार १८ मार्च दिउसो एक बजे गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारो लन्डन र सांझ ७ बजे गोर्खा क्लव प्लमस्टिडमा देखाइने भएको छ । अन्य शहरमा समेत प्रदर्शनीको तयारी छ ।
वृत्तचित्रमा नेपाली चलचित्रको सिंगो इतिहास छ । ४५ मिनेट लामो उक्त वृत्तचित्रमा नेपाली चलचित्र निर्माण कसरी र कहिले शुरु भयो ? आजसम्मको अवस्थामा आउन नेपाली चलचित्र क्षेत्रले भोग्नु परेका समस्या के के छन् ? नेपाली सिनेमाको हालसम्मको बजार अवस्था कस्तो रहयो ? लगायत नेपाली चलचित्रको इतिहाससंग जोडिएका सर्जकहरूको अनुभव र विचारलाई पनि वृत्तचित्रमा समेटिएको घिमिरेले बताए ।
वृत्तचित्र निर्माणका लागि गोमा विष्ट र नारायण विष्टले घिमिरेलाई साथ दिएका छन् । हाल क्ल्याप बोर्ड र एन.आर.एन टिभी शो नामक टेलिभिजन शो सञ्चालन गरिरहेका घिमिरेले भने, ‘वृत्तचित्रले नेपाली चलचित्रको इतिहास बोल्ने छ भने नेपाली चलचित्रबारे रुची राख्ने तथा अध्ययन गर्न चाहनेका लागि बलियो दस्तावेज बन्ने छ ।’
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार