लागोस (नाइजेरिया), २९ फागुन । नाइजेरियाली सरकारी सुरक्षाकर्मीले मुलुकको उत्तरपूर्वी राज्य ब्रोनोमा नाइजेरियाली बोको हराम समूहद्वारा बन्धक बनाइ राखेका २११ जनालाई उद्धार गरेको सैनिक अधिकारीले आइतबार बताएका छन् ।
‘अपरेसन लाफिमा डोल’ नाम दिइएको ‘२२ ब्रिगेड ग्यारिसन’द्वारा किङ्गाल मुर्रे र माजा गाउँमा सञ्चालित सुरक्षा कारबाहीपछि बोकोहराम समूहद्वारा विभिन्न समयमा बन्धक बनाएका उनीहरुलाई उद्धार गर्न सेना सफल भएको सेनाका प्रवक्ता सनी उस्मानद्वारा जारी सिन्ह्वालाई प्राप्त विज्ञप्तिमा जनाइएको छ ।
नाइजेरियामा सन् २००९ देखि बोकोहरामद्वारा सुरु गरेको द्वन्द्वमा परी कम्तिमा २० हजार नाइजेरियालीको मृत्यु भएको छ भने २३ लाख नाइजेरियाली आन्तरिक तथा बाह्य रुपमा विस्थापित बनेका छन् ।
नाइजेरियाली विद्रोही समूहको सुरक्षित आश्रयस्थल साम्बिसा जङ्गललाई सन् २०१६ को डिसेम्बरमा सेनाद्वारा चलाएको सुरक्षा कारबाहीमा नियन्त्रणमा लिन सफल भएपछि बोको हराम विरुद्धको कारबाहीले एकपछि अर्को गर्दै उल्लेख्य सफलता पाएको छ ।
पछिल्लो समय नाइजेरियाली सरकारी सुरक्षाफौजले नाइजर र चाड क्षेत्रको वन क्षेत्रमा आफ्नो कारबाहीलाई केन्द्रित गर्दै हवाई तथा स्थल कारबाहीमार्फत बोकोहराम समूहविरुद्ध कारबाही अघि बढाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार