लन्डन । नेपालका वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुली मेडल थाप्न लन्डन आइपुगेका छन् । आइतबार सांझ जेट एयरवेज विमानबाट उनीसहित धर्मपत्नी लक्ष्मी पराजुली लन्डन आएकी छन् ।
नेपाली साहित्य विकास परिषद यूकेको निमन्त्रणामा आएका कवि पराजुली दम्पतिलाई परिषदका वरिष्ठ सहअध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, सदस्य ज्ञानेन्द्र राउत लगायत साहित्यकारहरूले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
परिषदले गत वर्ष घोषणा गरेको एक तोला सुन र पांच तोला चँंदीमा बनेको एनएलडिसी गोल्ड मेडल पुरस्कार ग्रहण गर्न आएका वरिष्ठ कवि पराजुली यही १४ मार्च देखि नेपाली दूतावासमा हुन लागेको सप्ताहव्यापी मेलामा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
परिषदले आगामी ३ अप्रिल सांझ हुने नव वर्ष साहित्य सांझ कार्यक्रममा पराजुलीलाई पुरस्कार प्रदान गर्नेछ । डायष्पोरामा रहेका नेपाली साहित्यकारहरु समेटेर औपचारिक रूपले सन् २००३ मा गरिमाको बेलायत विशेषांक प्रकाशित गरी सर्वप्रथम डायस्पोरिक साहित्यलाई नेपाली साहित्यको मुल प्रवाहमा प्रवाहित गराए वापत उनलाई उक्त पुरस्कारबाट सम्मानित गर्न लागिएको हो । पराजुली ४ अप्रिलमा नेपाल फर्कनेछन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित