
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको साधारणसभा आउंदो आइतबार हुने भएको छ । सडबरीस्थित हिमालय क्लबमा हुने सो साधारणसभामा वेष्टमिन्स्टर विश्वविद्यालयमा पत्रकारिताका प्राध्यापक डा. दयाकिसन ठुसुले सम्बोधन गर्ने कार्यक्रम छ । उनको प्रवचनमाथि डा. नरेश राई र भगिरथ योगीले प्रतिटिप्पणी गर्ने छन् । अन्तर्राष्ट्रिय सन्चारका विज्ञ ठुसुका करिब डेढदर्जन पुस्तक प्रकाशित छन् । उनका पुस्तक नेपालमा समेत पत्रकारिताको पाठ्यक्रममा समावेश छन् ।
महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरले अघिल्ला वर्षहरुमा भन्दा यसपटक पत्रकारिताका विज्ञलाई ल्याएर फरक किसिमले साधारणसभा गर्न लागिएको बताए । उनले यस्ता प्रयासले शाखाका सदस्यहरुलाई विज्ञहरुसित सम्बन्ध विस्तार गर्न र अनुभव आमोदप्रमोद गर्न मौका दिने विश्वास व्यक्त गरे ।
साधारण सभाको दोस्रो चरणमा शाखाका प्रगति तथा आर्थिक प्रतिवेदन र आगामी कार्यक्रमका बारेमा छलफल गरिने बताइएको छ ।
शाखाले सबै सदस्यहरुलाई सो साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ