
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको साधारणसभा आउंदो आइतबार हुने भएको छ । सडबरीस्थित हिमालय क्लबमा हुने सो साधारणसभामा वेष्टमिन्स्टर विश्वविद्यालयमा पत्रकारिताका प्राध्यापक डा. दयाकिसन ठुसुले सम्बोधन गर्ने कार्यक्रम छ । उनको प्रवचनमाथि डा. नरेश राई र भगिरथ योगीले प्रतिटिप्पणी गर्ने छन् । अन्तर्राष्ट्रिय सन्चारका विज्ञ ठुसुका करिब डेढदर्जन पुस्तक प्रकाशित छन् । उनका पुस्तक नेपालमा समेत पत्रकारिताको पाठ्यक्रममा समावेश छन् ।
महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरले अघिल्ला वर्षहरुमा भन्दा यसपटक पत्रकारिताका विज्ञलाई ल्याएर फरक किसिमले साधारणसभा गर्न लागिएको बताए । उनले यस्ता प्रयासले शाखाका सदस्यहरुलाई विज्ञहरुसित सम्बन्ध विस्तार गर्न र अनुभव आमोदप्रमोद गर्न मौका दिने विश्वास व्यक्त गरे ।
साधारण सभाको दोस्रो चरणमा शाखाका प्रगति तथा आर्थिक प्रतिवेदन र आगामी कार्यक्रमका बारेमा छलफल गरिने बताइएको छ ।
शाखाले सबै सदस्यहरुलाई सो साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित