
लन्डन । प्रवासी नेपाली मञ्च यूकेले गत ८ मार्चका दिन १०७ औं
अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । मञ्चकी महिला विभाग
संयोजक सरस्वती केसीको संयोजकत्वमा सारस रेष्टुरेन्टमा कार्यक्रम भएको हो ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाको आतिथ्यमा भएको उक्त कार्यक्रम ‘बी बोल्ड फर चेन्ज’ भन्ने नाराका साथ उपयोगी अन्तरक्रिया, नाचगान र रात्रीभोजसहित आयोजना गरिएको थियो ।
महिला संयोजक केसीद्वारा सञ्चालित कार्यक्रममा मञ्चका भूतपूर्व अध्यक्षहरु आङकल्जङ लामा तथा दिनेश घिमिरे, पूर्व महासचिव राजेन्द्र पुडासैनी, प्रचार विभाग प्रमुख कुमार केसी, संगठन विभाग प्रमुख कमल खनाल, आर्थिक विभाग प्रमुख कृष्ण भण्डारी, एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमिल्सिना, सचिव कृष्ण तिवारी, युवा संयोजक हरि आचार्य, महिला संयोजक सुशिला राई, प्रवासी नेपाली मञ्चकी बिमला सेने, राधा भट्टराई तथा यूकेवासी महिला पुरुषहरुको जमघट थियो ।
कार्यक्रममा महिला हक अधिकार तथा सांस्कृतिक परिवर्तनका लागि ठोस कदम चालिनुपर्नेमा जोड दिंदै आङकल्जङ लामा, इन्दिरा तिवारी, विजया भण्डारी, राधा भट्टराई तथा वसन्त नेपालले आ आफ्नो मन्तव्य राखे भने निरुषा पाण्डेले सुमधुर गीत गाएर मनोरञ्जन प्रदान गरिन् ।
महिला सशक्तिकरण तथा समान नेतृत्व विकासको सम्भावनालाई अझ बलियो बनाउने उद्देश्यले प्रवासी नेपाली मञ्चको नेतृत्वमा बिगत तीन वर्ष देखि लगातार नारी दिवस कार्यक्रम हुंदै आएको छ ।
विशेष गरी महिला तथा छोरीहरुको रमाइलो नाचगान सहित टुंगिएको उक्त कार्यक्रमको अन्तमा संयोजक केसीले उपस्थित सहभागी तथा भेन्यू उपलब्ध गराउने सारस रेष्टुरांलाई आभार तथा धन्यवाद ब्यक्त गरेकी थिइन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित