
काठमाण्डौं । चेन्ज फर हेल्थ नेपाल (सिएफएच नेपाल) को एक प्रतिनिधिमण्डल यतिखेर संयुक्त राज्य अमेरिकामा छ । इलिनोइस युनिभर्सिटी अर्बाना अन्तर्गत ‘रिक्रिएसन, स्पोर्टस एण्ड टुरिजम डिपार्टमेन्ट’ ले आयोजना गरेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सिएफएच नेपालका तर्फबाट उपाध्यक्ष मछिन्द्र आचार्य र सचिव लोकेन्द्र आचार्य गत मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।
‘फर्मिङ पार्टनरसीप्स एण्ड लिंकेजेज इन स्पोर्टस फर डेभलप्मेन्ट एण्ड पिसः कन्सिडरेसन्स, टेन्सन एण्ड स्ट्रेटेजी’ विषयमा सम्मेलन आयोजना गरिएको हो । पर्यटन क्षेत्रमा समेत आवद्ध संस्थाका उपाध्यक्ष मछिन्द्र आचार्यले सम्मेलनबाट नेपाल पर्यटनको दीर्घकालिन विकासमा सघाउ पुग्ने आशा व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद नेपाल अन्तर्गत स्पोर्टस असोसिएसनका सक्रिय प्रतिनिधि संस्थाका सचिव लोकेन्द्र आचार्यले नेपालमा स्वास्थ्यका लागि खेलकुद अभियान गरि विद्यालयहरुमा धेरै गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।
सिएफएच नेपालका संरक्षक डा. राजेन्द्र थापाले आफ्नो गैर नाफामुलक स्वयंसेवी संस्थाले नेपालमा विभिन्न माध्यम जस्तै स्वास्थ्य सचेतना तथा प्रवर्धन सम्वन्धि कार्यक्रम, विकसित मुलुकबाट नेपालमा सीप हस्तान्तरण आदिबाट जनताको स्वास्थ्यस्थितिमा परिवर्तन ल्याउने पहल गरिरहेको जनाए । थापाले खेल तथा पर्यटन प्रवर्धनमा समेत संस्था सक्रिय रहेको बताए ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान