सुगन्ध तिम्रो लिएर बतासले भन्यो उनी आउंदै छिन्
कोमल तिम्रो स्पर्शको आभास दिदै बर्षातले भन्यो उनी आउंदै छिन्
औंशीको रात अन्धकारमा आफैं हराउंदा म
तिम्रो उज्यालो अनुहारको प्रतिक बन्दै, बिहानीको किरणले भन्यो उनी आउंदै छिन्
डाँडाको चौतारीमा बसेर टाढा क्षितिज पारी तिम्रो बाटो हेरी बस्दा
तिम्रो चञ्चल नागबेली हिडाइंलाई सम्झाउंदै खोला नदीले भन्यो- उनी आउंदै छिन्
मायाको आशा लिएर बादललाई चिर्दै घामले भन्यो उनी आउंदैछिन्
इन्द्रेणी देख्दा आकाशमा लाग्छ उसले तिमीलाई छोए जस्तो
सुन्दरताको तिम्रो बर्णन गर्दै इन्द्रेणीले भन्यो- प्रतिक्षा गर उनी आउंदै छिन्
सागरको छाललाई बसेर हेर्दा लाग्छ, तिमी अधैर्य छौ मलाई भेट्न
सागरको छालले मलाई छोएर भन्यो- धैर्य गर उनी आउंदै छिन्
वसन्त ऋतुका पालुवाहरू चुम्दा, मायाका आशाहरु पलाएर आयो
फूल अनि हरियाली बसन्तले भन्यो- आशा गर मायाका हरियाली वसन्तहरु लिएर उनी आउंदै छिन्
ति हरियाली वसन्तहरु उस्तै छन्, चञ्चल खोला र नदीहरु पनि
हिमालका चुचुराहरु तिनै हुन्, सागरको त्यो गहिराई अनि
अँध्यारो रातहरु उस्तै छन् तर बिहानीको किरणले भन्यो
धेरै मायाको वाचा सहित् परिवर्तन यो जीवनमा लिएर उनी आउंदै छिन्
एक्लै मौन बसे एकान्तहरुमा यहाँ
दर्दको पीडामा कविता लेखें, आफ्नो व्यथाहरु कथामा लेखें तर अझ कसैलाई भन्नै सकिन बोल्नै जानिन
रुखको हाँगामा बसेर कुहु कुहु गाउंदै कोइलीले भन्यो- तोड ति मौनताहरु तिम्रो लागि आवाज बनेर उनी आउंदै छिन्
न कम छ माया आमाको काखमा, न त बाबाको अंगालोमै
र पनि खोज्दै अद्वितीय माया थाकेर एक्लै बस्दा
निराश यो अनुहार हेर्दै हातमा सलबलाउंदै भाग्यका रेखाहरुले भन्यो
अब धेरै छैन्, धेरै छैन् अब माया, साथ अनि हौसलाहरु सबै लिएर उनी आउंदै छिन्
सुगन्ध तिम्रो लिएर हावाले भन्यो- अब धेरै छैन उनी आउंदै छिन्
मायाका वहारहरू लिएर उनी आउंदै छिन्
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता