लन्डन । प्रवासमा संगीत साधना त्यति सहज छैन् । यो वाध्यताबीच काम र व्यवसायबाट फूर्सद निकालेर संगीत सृजना गर्ने चुनौती सामना गरेका छन् नवगायक अनिस पाण्डेले । बिहीबार सांझ उनको गीतमा बनेको पहिलो म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरिएको छ । ५ दशक बढि समय नेपाली संगीतमा बिताएकी वरिष्ठ गायिका मिरा राणा र नेपाल पत्रकार महासंघ, बेलायतका अध्यक्ष नरेश खपांगीमगरले ‘मन संग मन…’बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सम्वोधनका क्रममा गायिका राणाले अनिसमा गायनको धेरै सम्भावना रहेको बताउंदै शुभकामना दिइन् । पत्रकार महासंघ बेलायत अध्यक्ष खपांगीमगरले शुभकामना व्यक्त गर्दै नवगायक पाण्डेलाई मिडियाबाट पूर्ण समर्थन रहने आश्वासन दिए ।
समन अधिकारी निर्देशित उक्त म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेनले अभिनय गरेका छन् भने दीपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकन छ । गीत अर्जुन पोखरेलले रचेका हुन् भने एरेन्जर बाबु प्रधान र कन्सेप्ट डिरेक्टर हरि ढकाल छन् ।
सञ्चारकर्मी तथा भिडियो निर्देशक कुशल श्रेष्ठले संयोजन गरेको उक्त कार्यक्रम कलाकार मनिष श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी करिब डेढ दर्जन संगीत श्रष्टा तथा सञ्चारकर्मीहरुले गायक पाण्डेलाई शुभकामना दिंदै उनको गायनमा परिपक्वता रहेको प्रतिक्रिया दिए । कतिपयले पाण्डेको स्वरलाई उदित नारायण झासंग पनि दांजे ।
हेर्नुहोस भिडियोः
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने