लन्डन । प्रवासमा संगीत साधना त्यति सहज छैन् । यो वाध्यताबीच काम र व्यवसायबाट फूर्सद निकालेर संगीत सृजना गर्ने चुनौती सामना गरेका छन् नवगायक अनिस पाण्डेले । बिहीबार सांझ उनको गीतमा बनेको पहिलो म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरिएको छ । ५ दशक बढि समय नेपाली संगीतमा बिताएकी वरिष्ठ गायिका मिरा राणा र नेपाल पत्रकार महासंघ, बेलायतका अध्यक्ष नरेश खपांगीमगरले ‘मन संग मन…’बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सम्वोधनका क्रममा गायिका राणाले अनिसमा गायनको धेरै सम्भावना रहेको बताउंदै शुभकामना दिइन् । पत्रकार महासंघ बेलायत अध्यक्ष खपांगीमगरले शुभकामना व्यक्त गर्दै नवगायक पाण्डेलाई मिडियाबाट पूर्ण समर्थन रहने आश्वासन दिए ।
समन अधिकारी निर्देशित उक्त म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेनले अभिनय गरेका छन् भने दीपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकन छ । गीत अर्जुन पोखरेलले रचेका हुन् भने एरेन्जर बाबु प्रधान र कन्सेप्ट डिरेक्टर हरि ढकाल छन् ।
सञ्चारकर्मी तथा भिडियो निर्देशक कुशल श्रेष्ठले संयोजन गरेको उक्त कार्यक्रम कलाकार मनिष श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी करिब डेढ दर्जन संगीत श्रष्टा तथा सञ्चारकर्मीहरुले गायक पाण्डेलाई शुभकामना दिंदै उनको गायनमा परिपक्वता रहेको प्रतिक्रिया दिए । कतिपयले पाण्डेको स्वरलाई उदित नारायण झासंग पनि दांजे ।
हेर्नुहोस भिडियोः
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई