लन्डन । बेलायतको अत्याधुनिक रमझम, आधुनिक र भौतिक सपनाको दुनियामा नरमाउने कमै होलान् । तर, ७ वर्षदेखि बेलायतको वकिङ बस्दै आएका अरुणसागर खत्री क्षेत्रीको फूर्सदिलो समय घुमेर होइन, हस्तकलामा बित्ने गर्छ ।
उनले भर्खरमात्र एउटा मन्दिर बनाएका छन् । उनले बनाएको हिन्दूहरुको पवित्र पेगोडा शैलीको मन्दिर देख्दा मानिस अचम्मित हुन पुग्छन् । आधुनिक प्रविधि प्रयोग गरि निर्मित उक्त मन्दिर यस्तो छ कि घण्टी बजाएपछि ढोका खुल्छ, विजुली बत्ति र दियो बल्छ । अनि पूजा गरेपछि फेरि घण्टी बजाउंदा सबै बन्द हुन्छ ।
‘जुनसुकै कुनामा रहेपनि मन, मुटु र मस्तिष्कको कुनामा नेपाल नै हुने रहेछ’, अरुण भन्छन्, ‘मेरो मनमा सधैं नेपाली कला, संस्कृतिको भावना लुकेको हुन्छ, मलाई त्यसैमा रमाउन मन लाग्छ ।’
नेपाली कला संस्कृतिको जगेर्ना र सम्वर्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गरेको जनाउंदै उनले हस्तकलाको माध्यमबाट देशप्रेम अभिव्यक्त गर्ने प्रयास पनि भएको उल्लेख गरे ।
हस्तकला सानैदेखि उनको सौख हो ।
उनको चमत्कारिक हस्तकला हेर्नुहोस् भिडियोमा
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित