
लन्डन । ‘ग्लोबल पोलिसी फोरम फर नेपाल’ का अध्यक्ष
तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका
प्राध्यापक ब्यारिस्टर प्रा. सूर्यप्रसाद सुवेदी क्यूसीले नेपाल सरकार तथा सबै प्रमुख दलहरुलाई नेपालको संविधानको पुनरावलोकन गर्न विशेषज्ञहरु सम्मिलित एक स्वतन्त्र आयोग गठन गर्न आव्हान गर्नुभएको छ ।
बुधबार जारी एक वक्तव्यमा प्रा. सुवेदीले चारजनाको ज्यान जानुका साथै अरु कैयौं घाइते हुनेगरी सोमबार सप्तरीमा प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहांले सबै पक्षलाई अत्यधिक संयम अपनाउन तथा हिंसात्मक गतिविधिमा सहभागी नहुन पनि आग्रह गर्नुभएको छ । ‘नेपालमा शान्ति अझै धर्मराउंदो स्थितिमा छ । हतारमा लेखिएको र देशभित्रकै प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति कायम नगरिकनै जारी गरिएको संविधान कार्यान्वयनमा अहिले समस्या देखिएका छन्। सबै प्रमुख दलका नेताहरुले नेपालमा प्रजातन्त्रलाई एक उपहास बनाएका छन्। कानुनको शासन कमजोर बनिरहेको छ र शैक्षिक संस्थाहरु, कुटनीतिक सेवा सहित निजामती सेवा, प्रहरी र न्यायालयसमेतमा गरिएको राजनीतिकरणले राज्यका निकायहरुलाई निष्कृय बनाइदिएको छ’, उहांले विज्ञप्तिमा भन्नुभएको छ ।
आफ्नो वक्तव्यमा प्रा. सुवेदीले नेपाल सरकार तथा अन्य राजनीतिक दलहरुलाई नेपाली जनताको वृहत्तर हितकालागि काम गर्न, प्रजातन्त्रप्रति जनताको आस्था बहाल गर्न, कानुनको शासनलाई बलियो तुल्याउन र सबै मानिसलाई न्याय दिने एउटा समावेशी समाज निर्माण गर्न राज्यका निकायहरुमा व्यापक सुधार गर्न पनि आव्हान गर्नुभएको छ । ‘अहिले अगाडिको बाटो भनेको नेपाली समाजका विभिन्न भागबाट उठाइएका मुद्दाहरुलाई संबोधन गर्नेगरी संशोधनकालागि सुझाव दिन नेपाल सरकार र सबै राजनीतिक दलहरुले संविधानको पुनरावलोकनकालागि विशेषज्ञहरु रहेको एक स्वतन्त्र आयोग गठन गर्नु नै हो’, वक्तव्यमा उल्लेख छ ।
विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित