लन्डन । एसियन महिला असोसिएसन (आमा) ले गत ५ मार्चमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रमका अवसरमा आमाले दृष्टिविहीन नेपालीका हितमा कार्यरत संस्था ब्लाइन्ड रक्सलाई एक लाख एक रुपैयां सहयोग समेत गरयो । संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल चिठ्ठाबाट संकलित रकम ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसीलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी थिए ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसी र रसमुर मेयर ज्याकी भोस्पेर । सम्वोधनका क्रममा सृष्टिले मानिसको दृष्टि गुमेपनि आत्माविश्वास लिएर जीवनमा धेरै गर्न सकिने बताइन् । आंखामा एलर्जी भएर जचाउंन जांदा चिकित्सकको लापरवाहीले १६ वर्षको उमेरमा पुरै दृष्टि गुमाएकी उनले आफ्नो अनुभव र संस्थाका गतिविधिबारे प्रकाश पारेकी थिइन् ।

आमाकी अध्यक्ष अम्बिका खड्काको सभापतित्वमा भएको कार्यक्रममा मेयर ज्याकी भोस्पेरले महिलाहरुले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने जनाउंदै प्रत्येक पुरुषको सफलता पछाडि महिलाको मुख्य भूमिका रहने बताइन् । कार्यक्रममा संस्थापक अध्यक्ष माया केसी, मिस यूके नेपाल ०१६ की फस्ट रनरअप प्रशंसा लिम्बु, भाविका लोप्चन, नन्दकुमारी गुरुङ लगायतले पनि आ आफ्ना धारणा राखेका थिए । कार्यक्रमका केही महिला वक्ताले मानसिक तनाव र घरेलु हिंसा सम्वन्धि अनुभव समेत बांडे ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै