लन्डन । एसियन महिला असोसिएसन (आमा) ले गत ५ मार्चमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रमका अवसरमा आमाले दृष्टिविहीन नेपालीका हितमा कार्यरत संस्था ब्लाइन्ड रक्सलाई एक लाख एक रुपैयां सहयोग समेत गरयो । संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल चिठ्ठाबाट संकलित रकम ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसीलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी थिए ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसी र रसमुर मेयर ज्याकी भोस्पेर । सम्वोधनका क्रममा सृष्टिले मानिसको दृष्टि गुमेपनि आत्माविश्वास लिएर जीवनमा धेरै गर्न सकिने बताइन् । आंखामा एलर्जी भएर जचाउंन जांदा चिकित्सकको लापरवाहीले १६ वर्षको उमेरमा पुरै दृष्टि गुमाएकी उनले आफ्नो अनुभव र संस्थाका गतिविधिबारे प्रकाश पारेकी थिइन् ।

आमाकी अध्यक्ष अम्बिका खड्काको सभापतित्वमा भएको कार्यक्रममा मेयर ज्याकी भोस्पेरले महिलाहरुले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने जनाउंदै प्रत्येक पुरुषको सफलता पछाडि महिलाको मुख्य भूमिका रहने बताइन् । कार्यक्रममा संस्थापक अध्यक्ष माया केसी, मिस यूके नेपाल ०१६ की फस्ट रनरअप प्रशंसा लिम्बु, भाविका लोप्चन, नन्दकुमारी गुरुङ लगायतले पनि आ आफ्ना धारणा राखेका थिए । कार्यक्रमका केही महिला वक्ताले मानसिक तनाव र घरेलु हिंसा सम्वन्धि अनुभव समेत बांडे ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित