वासिङ्गटन, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छवटा मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा सोमबार हस्ताक्षर गर्नुभएको छ ।
यसअघि मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको आदेशमा सात वटा देश रहेका र परिमार्जन गरिएको यस नयाँ आदेशमा इराकलाई भने हटाइएको छ ।
अमेरिका प्रवेश गर्नबाट निषेधित सूचिका मुस्लिम बाहुल्य अन्य छ वटा मुलुकका इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया रहेका छन् ।
मुस्लिम बाहुल्य यी छ वटा मुलुकहरुका शरणार्थीलगायत अन्य यात्रुलाई १२० दिन प्रतिबन्ध लगाइने उक्त कार्यकारी आदेश मार्चको १६ तारिखबाट लागु हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब एक महिना अघि जारी गर्नुभएको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीले यस अघि नै जानकारी दिएका थिए ।
परिमार्जन नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकको सूचिबाट इराकलाई हटाइने जानकारी दिइएको थियो ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन यस्तो नयाँ कार्यकारी आदेश जारी गर्ने मनस्थिति र निर्णयमा पुगेको चार जना अमेरिकी उच्च अधिकारीले जनाएका थिए ।
आतङ्ककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूह विरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्बाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेका हुँदा उक्त दुबै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्वनिर्णयमा पुनःबिचार गर्न निरन्तर दबाबमूलक अनुरोध गरि रहेका थिए ।
ट्रम्प प्रशासनका एक उच्च अधिकारीले मुस्लिम बाहुल्य मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गने नयाँ कार्यकारी आदेश एकदमै महत्वपूर्ण उपाय भएको भन्दै त्यसको बचाउ गरेका छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान