लण्डन । इन्टरन्याशनल नेपलिज तेक्वान्दाे एसाेसिएसन (एन्टा) यूकेले अागामी सेप्टेम्बर २४ देखि २६ सम्म काठमाडाैँमा हुने तेस्राे माउन्ट एभरेष्ट अाेपन इन्टरन्याशनल तेक्वान्दाे प्रतियाेगितमा भाग लिने भएकाे छ ।
एसाेसिएसनको यही शनिबार अल्डरसटस्थित भेटघाट गोर्खा रेस्टुरेन्टमा सम्पन्न बैठकले साे निर्णय गरेकाे हाे ।
अध्यक्ष ग्राण्डमास्टर डाक्टर एन्जे गुरुङकाे अध्यक्षता र उपाध्यक्ष मास्टर थान लिम्बुले स्वागत गर्नुभएकाे साे बैठकमा महासचिव मास्टर ह्यारी गुरुङले सँस्थाको प्रगति विवरण र आगामी कार्यक्रमहरु तयारी के कसरी गर्ने र सफल पार्ने भन्ने बारे प्रश्ताव पेश गरेका थिए । कोषाध्यक्ष चन्द्र कुमार सुनारले सँस्थाको वार्षिक आयव्याय प्रस्तुत गरेका थिए ।
बैठकले प्रतियोगितामा बेलायतबाट खेलाडीहरुकाे सहभागिता जनाउने र अार्थिक सहयोग पनि गर्ने निर्णय गरेकाे महासचिव गुरुङले जानकारी दिए । साे प्रतियोगिता नेपालकै हालसम्मकाे सबैभन्दा ठूलो अन्तर रास्ट्रिय प्रतियोगिता भएकाे र त्यसलाई विश्व तेक्वान्दो महासंघ र एसियन तेक्वान्दो सँघले स्वीकृति प्रदान गरिसकेकाे जनाइएकाे छ । प्रतियाेगितामा रास्ट्रिय तथा अन्तर्रास्ट्रिय पदक विजेता खेलाडीहरुकाे मुख्य सहभागिता रहने छ ।
सन् २०११ मा शुरु भएकाे साे प्रतियोगिता २०१४ देखि नेपाल तेक्वान्दो सँघ र अन्तर्रास्ट्रिय नेप्लिज तेक्वान्दो संघको सहकार्यबाट आयोजना गरिंदै आएकाे छ । गएका दुई प्रतियोगितामा १० देशका करिब २०० खेलाडीले विभिन्न तौल समूहमा भाग लिएका थिए । यसपटक अझै बढी देशहरुबाट र रोचक प्रतियोगिता आयोजना गर्ने आयोजककाे दाबी छ ।
अन्तर्रास्ट्रिय नेप्लिज तेक्वान्दो सँघ बेलायत (एन्टा यूके) काे स्थापना सन् २०१२ मा भएको हो । बेलायतमा रहेका सबै नेपाली तेक्वान्दो क्लवहरु र खेलाडीहरुलाई एकै ठाउँमा ल्याई नेपाली खेलाडीहरुको साथै नेपालको तेक्वान्दो विकाश गर्ने यस सँस्थाको उद्येश्य छ । एन्टा यूकेले स्थापनाकालदेखि बेलायतबाट खेल्ने वा नेपालबाट अन्तर्रास्ट्रिय प्रतियोगिताहरुमा खेल्ने नेपाली खेलाडीहरुलाई आर्थिक सहयोग तथा सम्मान गर्दै आइरहेको छ । यस वर्ष हुने प्रतियोगितामा बेलायतबाट पहिलो पटक खेलाडीहरु र अफिसियल जाने निर्णय भएको छ।
त्यसको तयारी गर्नको लागि सँस्थाका अध्यक्ष डा.ग्रान्डमास्टर एन्जे गुरुङ सातौं डान, मास्टर जयन्त थापा पाँचौं डान र मास्टर ईस्ट गुरुङ चौथो डानको तीन सदस्सीय कमिटीलाई जिम्मा दिईएको छ । त्यस्तै आर्थिक व्यवस्थापन र प्रचार प्रसार विभागतर्फ महासचिव मास्टर ह्यारी गुरुङको प्रमुख संयोजकमा विभिन्न क्षेत्रमा क्षेत्रिय संयोजक पनि तोकिएको छ । साउथ ईस्ट लण्डनतर्फ मास्टर ह्यारी गुरुङ र नेपाल रास्ट्रिय कराँते प्रशिक्षक जीवन सेन, वेस्ट नर्थ लण्डनतर्फ डा.ग्रान्डमास्टर एन्जे गुरुङ र मास्टर जयन्त थापा, साउथ वेल्स तर्फ मास्टर भीम महेन्द्र गुरुङ र चन्द्र कुमार सुनार, अल्डरसटतर्फ मास्टर थान लिम्बु, गिल्डफोर्ड वोकिंगतर्फ मास्टर नवराज घले र मास्टर बुद्धि गुरुङ र आस्फोर्डतर्फ मास्टर ईस्ट गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
एन्टा यूकेले वर्षेनी क्षेत्रिय तेक्वान्दो सेमिनारहरु पनि गर्दै आईरहेको छ । गत वर्ष झैँ यस वर्ष फेरि पनि ग्रिष्मकालिन सेमिनार जुलाईको दोश्रो हप्ता आसफोर्डमा गर्न “वे तेक्वान्दो क्लव” लाई जिम्मा दिएको छ र हालसम्म एन्टा यूकेमा नौ वटा क्लव आबद्ध भएका छन् भने लगभग बेलायतका बिभिन्न क्षेत्रमा ३०० जनाभन्दा बढी प्रशिक्षार्थीहरुले ट्रेनिंग गरिरहेका छन् ।
बैठकमा नयाँ आगन्तुक गुरुहरु मास्टर पूर्ण गुरुङ पाँचौं डान, मास्टर प्रदिप गुरुङ चौथो डान र तेजेन्द्र गुरुङ तेश्रो डानलाई खादाबाट स्वागत गरिएको थियो। उक्त बैठकमा उपस्थित भई सदस्यता लिन चाहने इच्छुक आठ जना सिनियर गुरुजीलाई अर्को कार्यक्रममा स्वागतसहित सम्मान गर्ने बैठकले पारित गरेको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई