लन्डन । नेपालमा अब त द्वन्द्वको अवशेष बांकी रहेन । माओवादीसमेत शान्तिप्रक्रियामा सामेल भएर नयां संविधान जारी भइसकेपछि द्वन्द्वको घाउ लगभग निको भइसकेको छ । माओवादी नै सत्तामा छ यतिखेर । तर, लन्डनमा आइतबार देखाइएको जीगिषा (जित्ने इच्छा) ले द्वन्द्वकालिन झझल्को दियो एकपटक फेरि । त्यतिबेला द्वन्द्वको त्रासदी, अपहरण, काटमार, अयोग्य ठहर गर्दै मिल्काइएका लडाकुको दुर्दशा, संकुचित नेपाली समाज र नारी थिचोमिचो आदि सामाजिक परिवेशमा केन्द्रित नाटक जीगिषामा स्थानीय कलाकारले जीवन्त अभिनय गरे । नाटक हेरेर केही दर्शकले आंसु थाम्नै सकेनन् ।
‘म कलात्मक नेपाली चलचित्र र नाटकको नियमित दर्शक भएको हैसियतले जीगिषा एउटा अब्बल नाटक लाग्यो’, रंगमञ्चमा टेकेर राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘यहांका कलाकारहरुको जीवन्त अभिनयले नेपाल र बेलायतमा फरक केही लागेन ।’ राजदूतले कलाकारहरु राष्ट्रका गहना भएकाले उनीहरुको सम्मान गर्न पनि जोड दिए । दर्शकका रुपमा पुगेकी कलाकर्मी शशी थापा सुब्बा र ब्रेन्ट काउन्सिलका काउन्सिलर भगवानजी चौहानले पनि नाटकको प्रशंसा गरे ।
लन्डनको हयारो बरो फुटबल क्लव हलमा प्रदर्शन गरिएको हो जीगिषा । सनमकुमार बैरागद्वारा लिखित तथा निर्देशित उक्त नाटक हेर्न राजदूतसुवेदीसहित विशिष्ठ अतिथीहरु सहभागी थिए । अघिल्लो दिन उही रंगमञ्चमा देखाइएर होला, दर्शक सहभागिता अत्यन्त न्यून रहेपनि मर्मस्पर्शी र सन्देशमुलक उक्त नाटकमा दर्शकले खोट पाएनन् । निर्देशक बैरागले बेलायतमा हालसम्म गुणस्तरिय नाटक अभाव रहेको जनाउंदै अब आफूहरु त्यसको पूर्ति गर्न लागि परेको जिकिर गरे ।
कलाकारहरु ध्रुव दत्त, सुरेश श्रेष्ठ, प्रसुना कंडेल, सुस्मिता थापा, मनिष श्रेष्ठ, विकेस बस्नेत लगायत कलाकारको अभिनय जीवन्त लाग्थ्यो ।
फस्ट एजुकेट नेपाल यूके (फेन) को यो नाटक दोश्रो प्रस्तुति हो । यसअघि फेनले गरेको ‘समय दृश्य’ पनि सफल मानिएको थियो ।
जीगिषा आगामी ११ मार्चमा उलवीच ट्रामसेड थिएटर, १२ मार्चमा दि प्यालेस अल्डरसट र २७ मार्चमा एडिनबराको एसेमब्ली रोक्सी थिएटरमा देखाइने छ ।
उक्त नाटक तेन्जी लामा पाख्रिन, दिल घले र भिजनसंसारडटकमले निर्माण गरेका हुन् भने साउण्ड प्रमोद र संगीत, लाइट्स प्रभाव श्रेष्ठ, कम्प्युटर अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुङ संलग्न छन् ।
खगेन्द्र नेपालीले सञ्चालन गरेको कार्यक्रम शुरु हुनु अघि अन्जु श्रेष्ठ, प्रमोद शर्मा र संगीतले गीतसंगीत प्रस्तुत गरेका थिए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित