
लन्डन । कलाकारद्वय दयाहाङ राई र सौगात मल्ल नेपाल उड्नु अघिल्लो दिन आइतबार सफारी सिनेमा हल, हयारो लन्डनमा दर्शकमाझ झुल्किए । आफ्नो फिल्म हेर्न दर्शक ओइरिएको देखेर ति कलाकार दंग देखिन्थे । ‘बेलायत बसाइ सांच्चिकै अविष्मरणीय रह्यो’, पहिलो पटक बेलायत आएका नायक सौगात मल्लले वीनेपालीसंग भने, ‘घुमघामसहित दर्शकहरुसंगै बसेर फिल्म हेर्न पाउंदा ज्यादै
रमाइलो लाग्यो ।’ सौगातको यसपटकको भ्रमण ‘लुट २’ को प्रवर्धन नै बित्यो । ‘नेपाली चलचित्र मन पराउने दर्शकहरु बेलायतमा धेरै हुनु हुंदो रहेछ’, सौगातले थपे, ‘यसले नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइरहेको संकेत मिल्छ ।’
नायक दयाहाङ राईले पनि बेलायत बसाइ उपलव्धिमुलक रहेको बताए । उनले नेपाली चलचित्र मन पराइदिने दर्शक र आफ्नो फिल्म प्रदर्शन गर्ने गोर्खा वरियरप्रति आभार समेत व्यक्त गरे ।
सफारी सिनेमा हलको शो हेर्न झण्डै चारसय दर्शक उपस्थित थिए । कलाकारहरुसंग तस्विर खिचाउन दर्शकहरु तंछाड मंछाड गरिरहेका देखिन्थ्यो । पहिलो पटक अल्डरसट प्रिन्सेस हलमा भएको रेड कार्पेट शो पनि हाउस फुल थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?