
लन्डन । कलाकारद्वय दयाहाङ राई र सौगात मल्ल नेपाल उड्नु अघिल्लो दिन आइतबार सफारी सिनेमा हल, हयारो लन्डनमा दर्शकमाझ झुल्किए । आफ्नो फिल्म हेर्न दर्शक ओइरिएको देखेर ति कलाकार दंग देखिन्थे । ‘बेलायत बसाइ सांच्चिकै अविष्मरणीय रह्यो’, पहिलो पटक बेलायत आएका नायक सौगात मल्लले वीनेपालीसंग भने, ‘घुमघामसहित दर्शकहरुसंगै बसेर फिल्म हेर्न पाउंदा ज्यादै
रमाइलो लाग्यो ।’ सौगातको यसपटकको भ्रमण ‘लुट २’ को प्रवर्धन नै बित्यो । ‘नेपाली चलचित्र मन पराउने दर्शकहरु बेलायतमा धेरै हुनु हुंदो रहेछ’, सौगातले थपे, ‘यसले नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइरहेको संकेत मिल्छ ।’
नायक दयाहाङ राईले पनि बेलायत बसाइ उपलव्धिमुलक रहेको बताए । उनले नेपाली चलचित्र मन पराइदिने दर्शक र आफ्नो फिल्म प्रदर्शन गर्ने गोर्खा वरियरप्रति आभार समेत व्यक्त गरे ।
सफारी सिनेमा हलको शो हेर्न झण्डै चारसय दर्शक उपस्थित थिए । कलाकारहरुसंग तस्विर खिचाउन दर्शकहरु तंछाड मंछाड गरिरहेका देखिन्थ्यो । पहिलो पटक अल्डरसट प्रिन्सेस हलमा भएको रेड कार्पेट शो पनि हाउस फुल थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित