
रुपन्देही जिल्लाको सबैभन्दा ठुलो पुरस्कार राशी र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यस पटकको उपाधि संकटा क्लवले हात पारेको छ । खेल जितेपछि तिलोत्तमा गोल्डकप उचालेर उत्सव मनाउदै संकटा क्लवका खेलाडीहरु । तस्बिर ः भरत के.सी., रासस, बुटवल
बुटवल, २१ फागुन । रुपन्देही जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ ।
आज भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सङ्कटाले विभागीय त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै सङ्कटाले तिलोत्तमा गोल्डकपसहित नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार हात पारेको छ । सङ्कटाले पहिलोपटक तिलोत्तमा गोल्डकप जितेको हो ।
आज देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा विभागीय टिम आर्मी भने उपविजेतामै चित्त बुझाउनुपरेको छ । उपविजेताले नगद रु तीन लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ । विजेता टिमलाई आजै एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले हस्तान्तरण गर्नुभयो ।
रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका दुई टोलीसहित १० टोलीको सहभागिता थियो । मोसफलकै प्रतिष्ठित गोल्डकपमध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भए पनि पटक–पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत वर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।
खेलमा उत्कृष्ट गोलकिपर सङ्कटाका विनय श्रेष्ठ, हाइ स्कोरर त्रिभुवन आर्मीका दीप लामा, वेष्ट मिड फिल्डर सङ्कटाका निराजन खड्का र वेष्ट डिफेन्स त्रिभुवन आर्मीका टिम क्याप्टेन हिरण्य मगर बन्नुभयो ।
उहाँहरु सबैले रु १५-१५ हजार नगद पुरस्कार पाउनुभयो । वेष्ट कोच सङ्कटाका सल्यान खड्गी बन्नुभयो । उहाँले पनि रु २० हजार नगद पुरस्कार पाउनुभयो । वेष्ट प्लेयर अफ दि टुर्नामेन्ट भने आयोजक रुपन्देही ११ का टिम क्याप्टेन दिलीप क्षेत्री बन्नुभयो । सङ्कटाको जितमा निर्णायक बनेका निराजन खड्काले नगद रु १५ हजारसहित स्कुटर उपहार प्राप्त गर्नुभयो ।
त्रिभुवन आर्मीले विसं २०५४ मा १२ औँ र २०६५ मा १६ औँ तिलोत्तमा गोल्डकपको उपाधि चुमेको थियो । यो वर्षसहित तीनपटक उपविजेतामा चित्त बुझाउनुपरेको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन हुने प्रतियोगिता अखिल नेपाल फुटबल सङ्घ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् ।
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन