लन्डन । अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको गत आइतबार सम्पन्न कार्यसमितिको कन्फरेन्स बैठकले विविध निर्णय गरेको छ । बैठकमा विशेषतः संगठन र यसको चरित्र पूर्ण समावेशी र समानुपातिक बनाउने तथा मतदान प्रक्रिया र भावी कार्ययोजना सम्बन्धि छलफल भएको थियो । त्यसैगरि बैठकले आगामी १९ मार्चमा अल्डरसटमा हुन लागेको अधिवेशनका लागि विभिन्न जिम्मेवारी तोकेको छ । उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रमका लागि हेम गुरुङ र शकुन गुरुङलाई जिम्मेवारी दिएको छ ।
छलफलमा अर्थ सम्बन्धि जानकारी सह संयोजक सुरोज मास्के र व्यवस्थापन सम्बन्धि जानकारी हेमसायर संयोजक हेम गुरुङले दिएका थिए । बैठकले प्रवास प्रदेशबाट सहयोगका लागि आएको परिपत्र अनुसार पार्टी केन्द्रलाई सक्षम सदस्यहरुबाट तोकिए अनुसारको सिमामा रही आर्थिक सहयोग संकलन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बुधवार बसेको बैठकमा कार्यसमितिले निम्न व्यक्तिहरुलाई नयां शक्ति केन्द्रिय परिषद सदस्यमा लोकतान्त्रिक अभ्यास मार्फत केन्द्रलाई नाम र प्राप्त मतको आधारमा क्रमशः प्राथमिकतामा पर्ने गरी सिफारिस गरेको छ जसमा जगन कार्की, सुरोज मास्के, शकुन गुरुङ, धन गुरुङ, पुष्प उप्रेती, चन्द्र गुरुङ र रेशम थापा छन् ।
मिडिया तथा युवा संयोजक बीरेन्द्र श्रेष्ठका अनुसार, बैठकले संगठन विभागको कारबाहीमा परि लामो समयदेखि निस्क्रिय रहेका प्रकाश शर्माको गतिविधि संगठनको हित विपरीत देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाहीका लागि सिफारिस गरिएको छ ।
यसैबीच, संगठनको आगामी अधिवेशन नयां शक्ति नेपाल संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष भिडियो सम्वोधनबाट गर्ने भएका छन् । मिडिया प्रचार प्रसार गतिविधिमा मिडिया संयोजन गरिरहेका रुद्र ढकालले प्रचार प्रसार गतिविधि अरु तीब्र बनाउने प्रतिवद्धता जनाएका छन् ।
संयोजक भोला खनालले नेपालको विकास र सम्वृद्धिको अर्जुन दृष्टि बोकेर आफ्नो दल हिंडेको दावी गर्दै बेलायतवासी नेपाली जनसमुदायबाट भएको ठूलो सहयोग, हौसला र उत्साहप्रति कृतज्ञता प्रकट गरेका छन् ।
महासचिव जगन कार्कीले इन्द्रेणी जस्तै रंगीन राष्ट्रवादसहित समावेशी र दिगो विकासमार्फत सम्वृद्धिको परिकल्पना सहित अघि बढेको आफ्नो संस्थाले छोटो समयमै प्रगति र उन्नति गरेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस