
काठमाडौँ, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गर्नुभएको छ ।
पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिनुभएको छ ।
महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा हुनुहुन्छ । त्यस्तै कोषाध्यक्षमा उद्धव पौडेल तथा प्रवक्तामा रोशन कार्की, सुशीलकुमार श्रेष्ठ र भुवन पाठकलाई मनोनयन गरिएको छ ।
यसैगरी सहमहामन्त्रीमा हेमजङ्ग गुरुङ, नीलकण्ठ काफ्ले, राम थापा र चन्द्रबहादुर गुरुङले जिम्मेवारी प्राप्त गर्नुभएको छ । सहायक महामन्त्रीमा भने बृजलाल यादव, कुन्तीकुमारी शाही, मनोज प्रधान, राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
सहप्रवक्तामा मोहन श्रेष्ठ तथा सहायक कोषाध्यक्षमा गिरिधर परियारलाई मनोनयन गरिएको छ । विधानानुसार अध्यक्षको नेतृत्वमा ३१ सदस्यीय पदाधिकारी गठन गर्नुपर्नेमा अब एक एक सहमहामन्त्री,सहायक महामन्त्री र सहप्रवक्ता मनोनयन गर्न बाँकी छ ।
यहाँ आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले पदाधिकारीको मनोनयनबारे जानकारी दिँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जायज र सम्भव भएका माग पूरा गरी निर्वाचनमा उनीहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीको केन्द्रीय कार्यसमितिको आजकै बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको थियो । बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म देशभर ‘राष्ट्रिय एकता यात्रा’ गर्ने निर्णय पनि गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित