लन्डन । नेपालीले इतिहासमै पहिलो पटक लन्डनस्थित रोयल अल्बर्ट हलमा गरेको कन्सर्टबाट संकलित ४० लाख रुपैयां नेपालमा भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा खर्च गरिने भएको छ । हेल्प नेपाल नेटवर्कले कन्सर्टबाट उठेको झण्डै ४० लाख रुपैयां गोरखास्थित श्री भिमोदय प्राइमरी स्कुल, घ्याल्चोक ९ मा ६ कोठासहित भवन पुनर्निर्माणमा खर्चन एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठका अनुसार, गत फेब्रुअरी १६ मा उक्त विद्यालयसंग चार किस्तामा रकम उपलव्ध गराउने सम्झौता भएको छ । भूकम्पले भवन ध्वस्त बनाएर अझै पनि विद्यार्थी पालमुनी पढ्न वाध्य छन् ।
हेल्प नेपाल नेटवर्क यूकेको संयोजनमा लन्डन साउथ केन्जिङटनस्थित उक्त हलमा कन्सर्ट गरिएको थियो । जुन २८, २०१५ मा गरिएको कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत वाद्यवादकहरु सम्मिलित १७ जनाको समूह लन्डन आएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?