लन्डन । नेपालीले इतिहासमै पहिलो पटक लन्डनस्थित रोयल अल्बर्ट हलमा गरेको कन्सर्टबाट संकलित ४० लाख रुपैयां नेपालमा भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा खर्च गरिने भएको छ । हेल्प नेपाल नेटवर्कले कन्सर्टबाट उठेको झण्डै ४० लाख रुपैयां गोरखास्थित श्री भिमोदय प्राइमरी स्कुल, घ्याल्चोक ९ मा ६ कोठासहित भवन पुनर्निर्माणमा खर्चन एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठका अनुसार, गत फेब्रुअरी १६ मा उक्त विद्यालयसंग चार किस्तामा रकम उपलव्ध गराउने सम्झौता भएको छ । भूकम्पले भवन ध्वस्त बनाएर अझै पनि विद्यार्थी पालमुनी पढ्न वाध्य छन् ।
हेल्प नेपाल नेटवर्क यूकेको संयोजनमा लन्डन साउथ केन्जिङटनस्थित उक्त हलमा कन्सर्ट गरिएको थियो । जुन २८, २०१५ मा गरिएको कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत वाद्यवादकहरु सम्मिलित १७ जनाको समूह लन्डन आएको थियो ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी