सेपाङ (मलेसिया), १८ फागुन । मलेसियाको अदालतले उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नामको हत्यामा संलग्न रहेको भन्दै दुईजना महिलामाथि आरोप लगाएको छ ।
कडा सुरक्षाका बीच बुधबार अदालतले उनीहरूलाई आरोप प्रमाणित भएको खण्डमा फाँसी (झुन्ड्याएर मार्ने) को सजाय दिने चेतावनी दिएको छ ।
दुई हप्ता अगाडि पक्राउ परेका उनीहरूलाई अदालतबाट बाहिर निकाल्दा ‘बुलेटप्रुफ भेस्ट’ लगाई दिइएको थियो ।
हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि ती दुई जना महिलामाथि हत्याको आरोप लगाउँदै मलेसियाको महान्याधिवक्ताको कार्यालयले मुद्दा दायर गरेको थियो ।
निज महिलाहरूमाथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड) को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिएको मलेसियाली महान्याधिवक्ताको कार्यालयका अधिकारीले बताएका छन् ।
दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उनले किम जोङ नामलाई हत्या गर्न लगाइको बताएको छ । बाहिरबाट ल्याएर खटाइएका व्यक्तिहरूबाट नै नामको हत्या भएको दक्षिण कोरियाको भनाई छ ।
इन्डोनेसियाकी २५ वर्षीय सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई फेब्रुअरी १३ का दिन मलेसियाको क्वालालामपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
उनीहरूले मकाउतर्फ उडानका लागि तयारी गरिरहेका बेला नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थको प्रयोगगरी विमानस्थलमै हत्या गरेको सीसीटीभीले खिचेका दृश्यहरूमा देखाइएको बताइएको छ । सो रासायनिक पदार्थ उनीहरूले नामको अनुहारमा प्रहार गरेको दृश्यमा देखिएको छ ।
उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको दृश्यहरूमा देखिएको अधिकारीहरूले बताएका छन् ।
घटनामा संलग्नमध्ये सितीले रातो टिसर्ट लगाएकी थिइन् भने हौङ पहेलो पोशाकमा रहेकी थिइन् ।
अरु चार जनाले पनि उनीहरूलाई सघाएको बताइएको छ । ती चारै जनाको अहिले पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित