सेपाङ (मलेसिया), १८ फागुन । मलेसियाको अदालतले उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नामको हत्यामा संलग्न रहेको भन्दै दुईजना महिलामाथि आरोप लगाएको छ ।
कडा सुरक्षाका बीच बुधबार अदालतले उनीहरूलाई आरोप प्रमाणित भएको खण्डमा फाँसी (झुन्ड्याएर मार्ने) को सजाय दिने चेतावनी दिएको छ ।
दुई हप्ता अगाडि पक्राउ परेका उनीहरूलाई अदालतबाट बाहिर निकाल्दा ‘बुलेटप्रुफ भेस्ट’ लगाई दिइएको थियो ।
हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि ती दुई जना महिलामाथि हत्याको आरोप लगाउँदै मलेसियाको महान्याधिवक्ताको कार्यालयले मुद्दा दायर गरेको थियो ।
निज महिलाहरूमाथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड) को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिएको मलेसियाली महान्याधिवक्ताको कार्यालयका अधिकारीले बताएका छन् ।
दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उनले किम जोङ नामलाई हत्या गर्न लगाइको बताएको छ । बाहिरबाट ल्याएर खटाइएका व्यक्तिहरूबाट नै नामको हत्या भएको दक्षिण कोरियाको भनाई छ ।
इन्डोनेसियाकी २५ वर्षीय सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई फेब्रुअरी १३ का दिन मलेसियाको क्वालालामपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
उनीहरूले मकाउतर्फ उडानका लागि तयारी गरिरहेका बेला नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थको प्रयोगगरी विमानस्थलमै हत्या गरेको सीसीटीभीले खिचेका दृश्यहरूमा देखाइएको बताइएको छ । सो रासायनिक पदार्थ उनीहरूले नामको अनुहारमा प्रहार गरेको दृश्यमा देखिएको छ ।
उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको दृश्यहरूमा देखिएको अधिकारीहरूले बताएका छन् ।
घटनामा संलग्नमध्ये सितीले रातो टिसर्ट लगाएकी थिइन् भने हौङ पहेलो पोशाकमा रहेकी थिइन् ।
अरु चार जनाले पनि उनीहरूलाई सघाएको बताइएको छ । ती चारै जनाको अहिले पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च