काठमाडौँ, १८ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त हुनुभएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले विसं २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएकाले यस काममा सहभागी हुन आम नेपाली युवालाई आग्रह गर्नुभयो ।
उहाँले पुनःनिर्माणका लागि प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा पहिलो चरणमा करिब एक हजार स्वयम्सेवक इन्जिनियर विद्यार्थीलाई आगामी शुक्रबारदेखि खटाउन लागेको जानकारी दिनुभयो ।
त्यस्तै कप्तान खड्काले राष्ट्रिय स्वयम्सेवकको सद्भावना दूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]