लन्डन । इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सवारी चालकका लागि १ मार्च, २०१७ देखि नयां कडा नियम लागू भएको छ । नयां नियमले गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द गर्न सक्नेछ ।
ड्राइभिङ टेष्ट पास गरेको दुई वर्षभन्दा कम समय भएकालाई मोवाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ । अन्य चालकहरुलाई मोटर हांकेको बेला फोनमा बोलेको भेटिए दुईसय पाउण्ड जरिवाना र दोब्बर ६ पोइन्ट आउने बीबीसीले जनाएको छ ।
नयां ड्राइभरले ६ वा बढि पोइन्ट पाए उसले पुनः प्राक्टिकल र थ्योरी जांच दुवै दिनुपर्नेछ । तीनवर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर
हांक्न प्रतिवन्ध समेत लगाइने नयां नियममा छ ।
ट्राफिक बत्तिमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ । ब्लु टुथ जोडेर फोनबाट गीत संगीत बजाउन सकिने भएपनि फोन हयाण्डस फ्रिमा हुनुपर्नेछ ।
सन् २०१५ मा फोन प्रयोग गरेकै कारण २२ जनाको मृत्यु र ९९ जना गम्भीर घाइते भएका थिए । प्रहरीले सवारी हांकेको बेला फोनमा कुरा नगर्न सचेत गराउंदै त्यसलाई नियन्त्रण गर्न साताव्यापी कारवाही शुरु गरेको छ ।
यातायात विभागले गत २३ देखि २९ जनवरीसम्म करिब ३६ हजार चालकलाई जरिवाना तिराएको थियो । यातायात मन्त्री क्रिस ग्रेलिङले फोन प्रयोग गर्दा आफ्नो र अरु निर्दोषको समेत ज्यान जोखिममा पर्ने जनाउंदै दोब्बर जरिवानाले चालकहरुलाई त्यस्तो नगर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने