लन्डन । इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सवारी चालकका लागि १ मार्च, २०१७ देखि नयां कडा नियम लागू भएको छ । नयां नियमले गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द गर्न सक्नेछ ।
ड्राइभिङ टेष्ट पास गरेको दुई वर्षभन्दा कम समय भएकालाई मोवाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ । अन्य चालकहरुलाई मोटर हांकेको बेला फोनमा बोलेको भेटिए दुईसय पाउण्ड जरिवाना र दोब्बर ६ पोइन्ट आउने बीबीसीले जनाएको छ ।
नयां ड्राइभरले ६ वा बढि पोइन्ट पाए उसले पुनः प्राक्टिकल र थ्योरी जांच दुवै दिनुपर्नेछ । तीनवर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर
हांक्न प्रतिवन्ध समेत लगाइने नयां नियममा छ ।
ट्राफिक बत्तिमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ । ब्लु टुथ जोडेर फोनबाट गीत संगीत बजाउन सकिने भएपनि फोन हयाण्डस फ्रिमा हुनुपर्नेछ ।
सन् २०१५ मा फोन प्रयोग गरेकै कारण २२ जनाको मृत्यु र ९९ जना गम्भीर घाइते भएका थिए । प्रहरीले सवारी हांकेको बेला फोनमा कुरा नगर्न सचेत गराउंदै त्यसलाई नियन्त्रण गर्न साताव्यापी कारवाही शुरु गरेको छ ।
यातायात विभागले गत २३ देखि २९ जनवरीसम्म करिब ३६ हजार चालकलाई जरिवाना तिराएको थियो । यातायात मन्त्री क्रिस ग्रेलिङले फोन प्रयोग गर्दा आफ्नो र अरु निर्दोषको समेत ज्यान जोखिममा पर्ने जनाउंदै दोब्बर जरिवानाले चालकहरुलाई त्यस्तो नगर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]