लन्डन । एनआरएनए यूके महिला फोरमले १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेको छ । आगामी ४ मार्च शनिबार भेटघाट रेष्टुरेन्ट, अल्डरसटमा कार्यक्रम हुन लागेको हो ।
दिउसो २ देखि सांझ ६ बजेसम्म हुने उक्त कार्यक्रम महिला अधिकार माग्दै भाषणमा मात्र सिमित हुने छैन् । फोरमले विगत जस्तै यसपटक सुदुरपश्चिमको डोटी जिल्लाका आंग खस्ने रोगबाट पीडित महिलाहरूको उपचार सहयोगार्थ च्यारिटीसहित दिवस मनाउन लागेको छ ।
कार्यक्रममा सहभागी भइदिन एनआरएनए यूके महिला फोरमकी संयोजक सुशिला राईले सबैमा अपिल गरेकी छन् । एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राईले पनि उक्त पवित्र कार्यमा साथ दिन सबैलाई अनुरोध गरेकी छन् ।
गत वर्षको नारी दिवसमा फोरमले चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ च्यारिटी गरेको थियो । कार्यक्रमबाट ५ हजार पाउण्ड (करिब ८ लाख रुपैयां) संकलन गरि हस्तान्तरण गरिएको थियो ।
यसैबीच, एसियन महिला असोसिएसन यूके (आमा) ले पनि नारी दिवस मनाउने भएको छ । भेटघाट रेष्टुरेन्टमै ५ मार्च आइतबार कार्यक्रम गर्न लागिएको अध्यक्ष अम्बिका खड्काले जनाइन् । आमाले विगत दुई वर्ष देखि नारी दिवस मनाउंदै आएको छ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै