लन्डन । एनआरएनए यूके महिला फोरमले १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेको छ । आगामी ४ मार्च शनिबार भेटघाट रेष्टुरेन्ट, अल्डरसटमा कार्यक्रम हुन लागेको हो ।
दिउसो २ देखि सांझ ६ बजेसम्म हुने उक्त कार्यक्रम महिला अधिकार माग्दै भाषणमा मात्र सिमित हुने छैन् । फोरमले विगत जस्तै यसपटक सुदुरपश्चिमको डोटी जिल्लाका आंग खस्ने रोगबाट पीडित महिलाहरूको उपचार सहयोगार्थ च्यारिटीसहित दिवस मनाउन लागेको छ ।
कार्यक्रममा सहभागी भइदिन एनआरएनए यूके महिला फोरमकी संयोजक सुशिला राईले सबैमा अपिल गरेकी छन् । एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राईले पनि उक्त पवित्र कार्यमा साथ दिन सबैलाई अनुरोध गरेकी छन् ।
गत वर्षको नारी दिवसमा फोरमले चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ च्यारिटी गरेको थियो । कार्यक्रमबाट ५ हजार पाउण्ड (करिब ८ लाख रुपैयां) संकलन गरि हस्तान्तरण गरिएको थियो ।
यसैबीच, एसियन महिला असोसिएसन यूके (आमा) ले पनि नारी दिवस मनाउने भएको छ । भेटघाट रेष्टुरेन्टमै ५ मार्च आइतबार कार्यक्रम गर्न लागिएको अध्यक्ष अम्बिका खड्काले जनाइन् । आमाले विगत दुई वर्ष देखि नारी दिवस मनाउंदै आएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित