सान्टीयागो, १६ फागुन । आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टीयागोमा दिइँदै आएको खानेपानी आपूर्ति बन्द गरेका छन् ।
चालीस लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो ।
आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यान समेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अबिरल वर्षा र पहिरोका कारण माटो ढुङ्गासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो ।
यस नदीबाट सान्टीयागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । सो नदी सफा नहुदाँसम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नु परेको अधिकारीहरुले बताएका छन् ।
तर सो नदी कहिलेसम्म सफा हुने सो भने तय नभएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । मानिस आपतकालिन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन् ।
बिना पानी नचल्ने रेष्टुरेन्ट जस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने सोमबारबाट सुरु हुने नयाँ शैक्षिक सत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ । यस प्रकार खानेपानी आपूर्ति बन्द गरिनाले १४ लाख ५० हजार घरपरिवार प्रभावित भएका छन् ।
खानेपानी आपूर्तिको अभावका कारण सान्टीयागो जिल्लाको ३० वटा जिल्ला प्रभावित भएका सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले एक पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत