लण्डन । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको विवाद टुंगिएको छ ।
लण्डनस्थित हिमालय क्लवमा आइतबार बसेको बैठकले यही जुलाईमा एकता अधिवेसनको मिति तोक्दै लामो समयदेखि थाँती रहेको विवादलाई किनारा लगाएको हो ।
बैठकमा सहभागी समितिका सल्लाहकार विश्वआदर्श पण्डितका अनुसार, अधिवेसन सम्पन्न गर्नका लागि लोक गुरुङको संयोजकत्वमा विनोद मोक्तान, विज्ञान प्रसाई र चेतनाथ खनाल सदस्य रहेको आयोजक समिति बनाइएको छ ।
समितिको सन् २००९ देखि अधिवेसन हुन सकेको छैन ।
यसअघि गतहप्ता वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा विवाद मिलाउन विभिन्न प्रयास भएपनि सफल हुन सकेको थिएन ।
उक्त विवाद मिलाउन समितिका सल्लाहकार समाजसेवी चिरन्जिबी ढकालको पहलमा आजको त्रिपक्षीय वार्ता भएको हो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने