लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा च्यारिटी डिनर गरि संकलन गरेको ४ हजार चार सय तीन पाउण्ड बेलायतका तीन च्यारिटेवल संस्थालाई हस्तान्तरण गरेको छ ।
बिहीबार रेष्टुरेन्टमै आयोजित कार्यक्रममा सञ्चालक सूर्य गुरुङले फिलिस टकवेल हस्पाइसलाई २२०१ पाउण्ड, माइक ज्याक्सन हाउस (भेट्रान आर्मीका लागि कार्यरत) लाई ११०१ पाउण्ड र पार्क साइड अल्डरसटलाई ११०१ पाउण्डको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि गुरुङले स्थानीय च्यारिटीसंग नजिक रहेर भविष्यमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगदाता सबैप्रति पुनः आभार व्यक्त गरे भने च्यारिटी संस्थाका प्रतिनिधिले चेक लिंदै गुरुङलाई धन्यवाद व्यक्त गरेका थिए ।
तस्विरः मिलन तमु
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]