
लन्डन । ब्लकबस्टर ‘लुट’ को सिक्वेल ‘लुट २’ यूके प्रिमियरका लागि नायकद्वय दयाहाङ राई र सौगात मल्ल बिहीबार लन्डन आइपुगेका
छन् । लन्डन उत्रिए लगत्तै उनीहरु एयरपोर्टबाट सिधै प्रेस मिटमा सहभागी भए । दयाहाङलाई बेलायत पानी पधेंरो जस्तै छ । तर, पहिलो पटक आएका सौगात मल्ल थकान बाबजुद पनि उत्साहित देखिन्थे । फिल्म प्रवर्धन र घुमघाम एकै साथ हुने भएर यूके भ्रमण अविष्मरणीय हुनेमा ढुक्क छन् सौगात ।
नेपाली चलचित्र उद्योगमा लुटमार्फत पृथकता पस्कन सफल भए निर्देशक निश्चल बस्नेत । उक्त फिल्म प्रदर्शन भएको ४ वर्षपछि यसको सिक्वेल शुक्रबारदेखि नेपालभर प्रदर्शन हुंदैछ । ‘लुट २ ले कस्तो परिणाम ल्याउने हो मुटु ढुकढुक भइरहेको छ’, दयाहाङ पत्रकारमाझ भन्दै थिए, ‘लुट २ भित्र मानिसले भोग्दै आएको समय, मनोदशा र भोगाइ छन् । चार वर्षपछि तिनै पात्र फेरि दर्शकमाझ आएका छन् । सायद हामीलाई दर्शकले मन पराइदिनुहुनेछ ।’
लुटको सफलतासंगै नेपाली सिनेमामा नयां मोड आएको स्मरण गर्दै दयाहाङले त्यसयता व्यवसायिक फिल्म बन्ने क्रम बढेको बताए । ‘विश्व बजारमा नेपाली फिल्म स्थापित हुनुमा नेपाली डायस्पोराको ठूलो योगदान छ’, उनी कृतज्ञ भए, ‘हो हामी हलिउड बलिउडको दांजोमा छैनौं तर आफ्नो कथा सुन्न भव्य ठाउं, आर्थिक र प्राविधिक सम्पन्नता मात्र चाहिन्छ जस्तो लाग्दैन ।’
एकताका महानायक भनिने राजेश हमाल अहिले ओझेल छन् । बरु सौगात र दयाहाङकै डिमान्ड बढि छ यतिखेर । दयाहाङलाई कस्तो लाग्दो हो आफ्नो बढ्दो लोकप्रियता देखेर ? भन्छन्, ‘हामीले नेपाली सिनेमा थामेका छौं तर निर्देशकले भन्न खोजेको कुरा घत लाग्दो छैन् भने फिल्म चल्दै चल्दैन ।’ नाम चलेका कलाकारले विज्ञापन हुने भएपनि फिल्म चाहिं नचल्ने उनको बुझाइ छ । मिडिया सामु त्यति नबोल्ने सौगातले ‘लुट २’ बाट उत्साहित भएको बताए ।
गोर्खा वरियर्सले बेलायतका विभिन्न शहरमा ‘लुट २’ प्रिमियर गर्दैछ । निश्चल बस्नेत निर्देशित उक्त फिल्मको शनिबार २५ फेब्रुअरीमा अल्डरसट प्रिन्सेस हलमा ग्रयाण्ड रेड कार्पेट प्रिमियर हुंदैछ भने २६ मा फोकस्टन, ३ मार्चमा टिडवर्थ र ४ मार्चमा आसफोर्ड केन्टमा प्रदर्शनको तयारी छ । लन्डनस्थित हयारो सिनेमा हलमा ५ मार्च र रेडिङमा ११ मार्चका दिन प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
‘लुट २’ को आइटम गीत ‘लाइदिउंला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार’ अहिले खुबै हिट छ । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने लगायतको मुख्य भूमिका छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय