लन्डन । ग्रेटर रेडिङ नेपाली समाजको नवौं महाधिवेशन आगामी २५ मार्च, २०१७ मा हुने भएको छ । रेडिङस्थित रेड कार्पेट हलमा महाधिवेशन हुन लागेको हो ।
बिहान ११ बजे देखि हुने उक्त महाधिवेशनले समाजको नयां कार्यसमिति चयन गर्नेछ । नयां कार्यसमिति गठन प्रक्रियाका लागि निर्वाचन कमिटी गठन गरिएको संस्थाका महासचिव ओमकार अधिकारीद्वारा जारी सूचनामा जनाइएको छ ।
निर्वाचन कमिटीको संयोजकमा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार महेश गुरुङ र सदस्यहरुमा पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेत, सल्लाहकार बेद लावती र राजेन्द्र श्रेष्ठ तथा पत्रकार दधिराज घिमिरे छन् ।
निर्वाचन समितिले सकेसम्म सहमतिमा नयां कार्यसमिति गठनका लागि पहल गर्ने र सर्वसम्मत हुन नसके संस्थाको विधान बमोजिम स्वतन्त्र निर्वाचन गराउने निर्वाचन समितिका संयोजक महेश गुरुङले जानकारी दिए ।
संस्थाका अध्यक्ष मानबहादुर गुरुङको दुई वर्षे कार्यकाल आगामी मार्चमा सकिंदैछ ।
सन् २००१ मा स्थापित यस संस्थाको नयां कार्यसमिति चयन प्रकियामा भाग लिन १५ मार्चसम्म सदस्यता लिइसकेको हुनु पर्नेछ । साधारण सदस्यता शुल्क ५ पाउण्ड छ भने आजीवन सदस्यता शुल्क ५१ पाउण्ड र श्रीमान श्रीमतिको हकमा १० पाउण्ड थप तिरेर आजीवन सदस्यता लिन सकिने प्रावधान रहेको समाजले जनाएको छ ।
संस्थाको नयां अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कृष्ण न्यौपाने, उपाध्यक्षमा भिमसेन खड्का र सुशीला गुरुङको नाम चर्चामा छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने