कुनमिङ्, ९ फागुन । म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् ।
म्यानमारको जंगलमा तीन दिन यतादेखि भीषण रुपमा आगालागी भएको छ । सो आगलागि चिनियाँ सिमाना युनान प्रान्तका कैयौं भागसम्म पुगेको बताइएको छ ।
म्यानमारको लुसी नगरको टापू गालिगोङ्बाट गएको शनिबारदेखि आगलागी सुरु भएको हो । त्यस क्षेत्रमा निकै बाक्लो बन रहेको छ ।
आगलागी जारी रहेको सो बन क्षेत्र समुद्री सतहबाट कम्तीमा पनि ३ हजार मीटर उचाईमा रहेको छ । उक्त बन क्षेत्रमा लागेको आगो निभाउनका लागि म्यानमार र चिनियाँ तर्फका अग्निनियन्त्रक खटाइएको छ ।
म्यानमारका अधिकारीहरुले दिएको जानकारीअनुसार सो आगो नियन्त्रणमा लिनका लागि १०० भन्दा बढी अग्निनियन्त्रकलाई खटाइएको छ ।
सो क्षेत्रमा अन्यत्रको तुलनामा बढी मात्रामा हावा बहने भएकोले आगो नियन्त्रणमा लिने कार्य जोखिमपूर्ण होला कि भन्ने त्रासमा अधिकारीहरु रहेको बताइएको छ ।
एकजना म्यानमाली अधिकारीले भने– हावाको गति मापन गरेर मात्र अग्निनियन्त्रकहरुलाई खटाइने छ ।
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा